जनकपुरः नाच हेर्ने क्रममा दुई युवकमाथि चाकु प्रहार, तीन जना पक्राउ
यता, यस घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

२०७९ कार्तिक १० बिहीबार, बिहान ३:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी क्षेत्र धनुषा जिल्लाको शहिदनगर नगरपालिकास्थित एक मेलामा झडप हुँदा दुई जना घाईते भएका छन् ।
शहिदनगर नगरपालिकाको वडा नम्बर ५ बासुदेवपट्टिस्थित राती १ बजेको समयमा नाच हेर्ने क्रममा भएको दुई पक्षबीचको झडपमा चाकु प्रहार भएको छ ।
बासुदेवपट्टिमा लागेको मेलाको क्रममा दुई जना उपर चाकु प्रहार गरी घाईते बनाएको हो ।
स्थानीय ३५ बर्षिय राकेश दास र जीवन पासवानमाथि चाकु प्रहार गरी घाईते बनाएको हो । साँझ भएको भनाभनको पुरानो रिसवीको कारण मेलामा सोही भनाभन उग्र रुप लिएपछि चाकु प्रहार गरिएको जनाइएको छ ।
स्थानीयहरुका अनुसार, राकेश दास र जीवन पासवानमाथि स्थानीय रुपेश मुखिया र कमल कापरसहित अन्य केही युवकहरुले चाकु प्रहार गरेको हो ।
पीडितका अनुसार चाकु प्रहार गर्नेहरुमा ४÷५ जना रहेका थिए । पुरानो रिसवीको कारण मेलाको मौका छोपेर निहुँ खोज्दै चाकु प्रहार गरेको बताएका छन् ।
घटनापछि घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय यदुकूहाको प्रहरी टोलीले तीन जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरुमा रुपेश मुखिया, कमल कापरसहित अन्य एक जना रहेको बताइएको छ ।
यता, यस घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…