'अन्तिम पटक विश्वास गरेर जिताउनुहोस,पछुताउने दिन्न' : नेता कर्ण
घरदैलोमा नेपाली कांग्रेससहित सत्ता गठबन्धनका नेता एवम् कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

२०७९ कार्तिक ९ बुधबार, बिहान ११:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता लक्ष्मणलाल कर्णले मँगलबार अन्तिम पटक विश्वास गरेर जिताउन बिन्ती गरे ।
पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कर्णले जनतासँगको भेटघाट तथा छलफललाई निरन्तरता दिँदै अन्तिम पटक विश्वास गरेर जिताउन बिन्त गर्न थालेका छन् ।
पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार बनेका कर्णले बुधवार वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका मतदातासँग घेटघाट गरेका छन् ।
भेटघाटका क्रममा कर्णले प्रतिगमनको विरुद्धमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रहसमेत गरेका छन् । यसअघि पर्साको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका कर्णले आफुले त्यस क्षेत्रमा गरेका विकास निर्माणका कामलाई क्षेत्र नम्बर १ मा पनि गर्ने प्रतिबद्धता जनाएका छन् ।
जनताका समस्यासँग नजिकबाट परिचित रहेको बताउँदै बरिष्ठ अधिवक्तासमेत रहेका कर्णले आफ्नो राजनीतिकदेखि सामाजिक कार्यको मूल्यांकन जनताले गर्ने विश्वास पनि व्यक्त गरेका छन् । कर्णले यो आफ्नो अन्तिम चुनाव भएको बताउँदै अन्तिम पटक विश्वास गरेर अवसर दिन पनि अपिल गरेका छन् ।
आफुलाई विश्वास गरेपछि पश्चाताप गर्ने अवस्था आउन नदिने पनि उनको अडान छ । सो अवसरमा छपकैयाका जनताले कर्णलाई स्वागत गर्दै जितको शुभकामना पनि दिएका थिए । साथै तिहार तथा छठ पर्वको अवसरमा शुभकामनासमेत साटासाट गरिएको थियो ।
घरदैलोमा नेपाली कांग्रेससहित सत्ता गठबन्धनका नेता एवम् कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…