छठ पर्व मनाउन समाजसेवी साहद्धारा पाँच गाउँको छठ व्रतालु महिलालाई साडी
शहिदनगर नगरपालिका वडा नम्बर ५ को पचहर्वा, वासुदेवपट्टि, सिमरापट्टि, विरता, कट्टी लगायतको पाँच गाउँका अति विपन्न परिवारलाई साडी वितरण गरिएको हो । प्रत्येक गाउँबाट २०–२० जना व्रतालु महिलालाई साडी प्रदान गरिएको हो ।

२०७९ कार्तिक ९ बुधबार, बिहान १०:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगरमा छठ पर्वलाई दृष्टिगत गर्दै विपन्न परिवारलाई साडी वितरण गरिएको छ ।
शहिदनगर नगरपालिका वडा नम्बर ५ पचहर्वाका समाजसेवी महन्त साहले सो वडाको विभिन्न टोलका विपन्न परिवारकी व्रतालु महिलाहरुको लागि साडी प्रदान गरेका छन् ।
हिन्दु धर्मावलम्बीहरुले मनाउने आस्था एवम् निष्ठाको पर्व तथा सबभन्दा ठुलो पर्वको रुपमा मानिने छठ पर्वमा व्रतालुहरुलाई नयाँ साडी वितरण गरिएको हो ।
गरिबीको रेखामुनी रहेका विपन्न परिवारलाई सहयोगको भावनाले पर्वमा नयाँ साडी प्रदान गरिएको समाजसेवी साहले बताए । उनले दुई छाक खान समेत समस्या हुने परिवारलाई छठ पर्वमा चाहिने नयाँ लुगाको लागि साडी प्रदान गरिएको हो ।

शहिदनगर नगरपालिका वडा नम्बर ५ को पचहर्वा, वासुदेवपट्टि, सिमरापट्टि, विरता, कट्टी लगायतको पाँच गाउँका अति विपन्न परिवारलाई साडी वितरण गरिएको हो । प्रत्येक गाउँबाट २०–२० जना व्रतालु महिलालाई साडी प्रदान गरिएको हो ।
समाजसेवी साहका अनुसार, साडी जुटाउनको लागि स्थानीय रन्जित साह, सत्तो साह, सुशिल साह, राम एकवाल साह र गँगाराम साहले समेत विशेष सहयोग गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…