सरकारबाट मैले कहि कुनै दोहोरो सुविधा लिएको छैनः जनलोकपाल सदस्य साह
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकार अन्तर्गतको जनलोकपाल आयोगका सदस्य राजकिशोर साहले आफू कुनै प्रकारको दोहोरो सेवा सुविधा नलिएको प्रष्टयाएका छन् । केही सँचार माध्यमहरुमा जनलोकपाल आयोगका सदस्य रहेका साहले जनलोकपालको सुविधासहित पुरानो पेन्सन समेत लिने गरेको भन्दै समाचार प्रकाशित गरेपछि उनले सो समाचारप

२०७९ कार्तिक ८ मंगलबार, बेलुकी ५:१० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकार अन्तर्गतको जनलोकपाल आयोगका सदस्य राजकिशोर साहले आफू कुनै प्रकारको दोहोरो सेवा सुविधा नलिएको प्रष्टयाएका छन् ।
केही सँचार माध्यमहरुमा जनलोकपाल आयोगका सदस्य रहेका साहले जनलोकपालको सुविधासहित पुरानो पेन्सन समेत लिने गरेको भन्दै समाचार प्रकाशित गरेपछि उनले सो समाचारप्रति असन्तुष्टि जनाउँदै नियम बमोजिम कुनै प्रकारको दोहोरो सेवा सुविधा नलिएको दाबी गरेका छन् ।
जनलोकपाल आयोगवाट तलब तथा पेन्शन समेत गरी दोहरो सेवा सुविधा लिई रहेको समाचार प्रकाशित भएको तथ्यलाई खण्डन गर्दै सदस्य साहले हाल सम्म प्रदेश जनलोकपाल आयोगवाट पाईरहेको सुविधा वाहेक अन्य दोहरो सरकारी सुविधा नपाएको दाबी गरेका छन् ।
सदस्य साहले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारको निजामती सेवाबाट सेवा निवृत पश्चात पाउने पेन्शन दोहरो सुविधामा नपर्ने भनी बुमmाई रहेको बताउँदै यदी पेन्शन वापत पाउने सुविधा जनलोकपाल वाट पाउने सुविधामा दोहरो परेको छ भनि कही कत्तै जनलोकपाल ऐन वा नियमावलीमा प्रष्ट उल्लेख भए सो पेन्शन रकम कट्टा वा रोक्का गर्दा मलाई मन्जुरी हुने पनि उल्लेख गरेका छन् ।
यसका साथै उनले जि.वि.स.कार्यालयमा डि.ई पदमा कार्यरत रहदाँ योजना आ–आफ्ना आसे पासे लाई कमिशन लिएर दिएको आरोपप्रति खेद प्रकट गर्दै राष्ट्रको चौथो अँग मिडियाले आफ्नो व्यक्तिगत रिसवी साध्नको लागि समाचारमार्फत मान मर्दन गरेकोप्रति दुःख प्रकट गरेका छन् ।
उनले तत्कालिन जि.वि.स मा योजना छनौट प्रकृया योजना तत्कालिन जिविसवाट जिविसको वैठक निर्णय भई जिल्ला सभाको निर्णय अनुसार मात्र हुने व्यवस्था रहेकोमा आफूलाई योजना छनौटमा कुनै सरोकार नै नभएको अवस्थामा मलाई जनकपुरवाट सँचालित केही पत्र पत्रिकाले गलत नियत राखी जवरजस्ती आरोप लगाएकोप्रति खेद प्रकट गरे ।
समाचार मार्फत जनलोकपाल आयोगबाट गाडी खरिद गरेको सन्दर्भमा आयोगमा एक वर्ष सम्म आयोगको कार्यालयमा नयाँ गाडी खरिद नभए सम्म भाडा लिन बजेट समेत प्राप्त भए पनि मलाई आयोग तथा कार्यालयले उपलब्ध नगराएको कारण मैले आफ्नो निजी गाडी प्रयोग गर्दा पनि आरोप लगाएको उनको गुनासो छ ।
“हाल दुई महिना देखि प्रदेश सभामा म अनुरोध गरेर तहाँ वाट एउटा गाडी पाएको र म आफैं प्रयोगमा ल्याएको हुँ कुनै प्रकारको गलत प्रयोग नगरेको भए पनि सरकारी गारी म आफ्नो परिवारका सदस्य लाई उपलब्ध गराएको भनी समाचार प्रकाशित गरेकोमा आश्चर्य लागेका हुदाँ अव उपरान्त मेरो वारेमा मेरो नाउँ उल्लेख गरी समाचार प्रकाशित गर्दा म संग जानकारी लिई मात्र समाचार प्रकाशित गरिदिन हुन सम्बधित सबैमा आग्रह गर्न चाहन्छु ।”– उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…