जनकपुरः सिमेन्ट फ्याक्ट्रीमा एक मजदुरको लडेर मृत्यू
दिपावलीको अवसरमा आइतवार फैक्ट्रीमा विदा रहेको समयमा वेल्डरको रुपमा कार्यरत रावत खाना खाएर क्लिंकर चिस्याउने कुलरमाथि वाइफाइ चलाउन चढेको र त्यहीँबाट तल खसेर ज्यान गएको प्रहरीले जनाएको छ । रावतको लास घटनास्थलमै रहेको र

२०७९ कार्तिक ८ मंगलबार, बिहान ९:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने एक कामदारको लडेर मृत्यू भएको छ ।
धनुषा जिल्लाको नक्टाझिझस्थित रहेको कसमस सिमेन्ट (तेज सिमेन्ट) फ्याक्ट्रीमा काम गर्ने कामदारको लडेर मृत्यू भएको प्रहरीले जनाएको छ ।
उद्योगमा कार्यरत दाङ्ग जिल्लाको गढवा गाउँपालिका ६ घर भएका ३१ वर्षीय शरत रावतको लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।
मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिजस्थित सो फ्याक्ट्रीमा काम गर्दै आएका रावत लडेर तल झरेको र मृत्यु भएको अवस्थामा सोमबार शव फेला परेको हो ।
दिपावलीको अवसरमा आइतवार फैक्ट्रीमा विदा रहेको समयमा वेल्डरको रुपमा कार्यरत रावत खाना खाएर क्लिंकर चिस्याउने कुलरमाथि वाइफाइ चलाउन चढेको र त्यहीँबाट तल खसेर ज्यान गएको प्रहरीले जनाएको छ ।
रावतको लास घटनास्थलमै रहेको र मृतक मजदुरको पारिवारिक सदस्य आएपछि मंगलबार (आज) मात्र लास उठाउने र पोष्टमार्टका लागि पठाउने बताइएको छ ।
यता, घटना विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…