जनकपुरः दिपावलीमा झिलिमिली बल्ब जोडने क्रममा करेन्ट लागेर दुई युवकको मृत्यू
मृतक दुबैजनाको शव पोष्टमार्टमपश्चात परिवारजनको जिम्मा लगाइएको धनुषा प्रहरीले जनाएको छ ।

२०७९ कार्तिक ८ मंगलबार, बिहान ८:३० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित करेन्ट लागेर दुई युवकको मृत्यू भएको छ ।
हिन्दु धर्मावलम्बीहरुको उत्साह एवम् दिपोत्सवको पर्व मानिने दिपावली (तिहार) मा घर सजाउन झिलिमिली (चकमकिया) बल्ब जडान गर्ने क्रममा करेन्ट लागेर दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ बेल्ही बस्ने सुभाष यादवका १४ वर्षीय छोरा शिवराज यादव र जनकपुरधाम–२२ बसबिट्टी बस्ने नवल मिश्रका १९ वर्षीय छोरा अमित मिश्र रहेका छन् ।
आइतबार साँझ साढे ७ बजेको समयमा दीपावलीका लागि आफ्नो घरमा झिलिमिली बत्ती जोड्ने क्रममा शिवराजलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा सोमबार बिहान साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
त्यस्तै, जनकपुरधाम–२२ बसबिट्टीस्थित आफ्नो घरमा सोमबार दिउँसो करिव साढे १२ बजे झिलिमिली बत्ती जोडिरहेको बेला १९ वर्षीय अमित मिश्रलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका मिश्रको जनकपुरधाम–७ स्थित स्वस्तिका अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डीएसपी क्षेत्रीले बताए ।
मृतक दुबैजनाको शव पोष्टमार्टमपश्चात परिवारजनको जिम्मा लगाइएको धनुषा प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…