खजुरी ईलाकासहित सीमावर्ती क्षेत्रको चेकजाँचमा कडाई
तिहारमा घरासयी प्रयोजन, पर्व प्रयोजनको समाग्रीहरुको लागि सहजता उपलब्ध गराएको प्रहरीले चुनावलाई मध्यनजर गर्दै सुरक्षाको लागि शँकास्पद व्यक्तिहरुलाई चेकजाँचमा निगरानी बढाएको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी ईन्सपेक्टर निरञ्जन घिमिरेले जानकारी दिए ।

२०७९ कार्तिक ६ आइतबार, बिहान ७:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको खजुरी ईलाकासहित नेपाल–भारतको सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकजाँचमा कडाई गरेको छ ।
निर्वाचनको समय नजिकिएसँगै सीमावर्ती क्षेत्रहरुमा प्रहरी परिचालन गरी ठाउँ ठाउँमा चेकजाँच गर्न थालिएको हो ।
निर्वाचनको समयावधीमा तिहारको मौका छोपेर गैर कानुनी वस्तुहरु आयात गर्न सक्ने भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको सँयुक्त टोलीले चेकजाँचमा कडाई गरेको हो ।
भारतबाट ल्याउने घरायसी समाग्रीसहित तस्करको अवैद्य समानहरु समेत आयात गर्न थालेको गुनासो बढेपछि जनपद प्रहरी र सशस्त्र प्रहरीको टोलीले चेकजाँचमा कडाई गरेको हो ।
तिहारमा घरासयी प्रयोजन, पर्व प्रयोजनको समाग्रीहरुको लागि सहजता उपलब्ध गराएको प्रहरीले चुनावलाई मध्यनजर गर्दै सुरक्षाको लागि शँकास्पद व्यक्तिहरुलाई चेकजाँचमा निगरानी बढाएको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी ईन्सपेक्टर निरञ्जन घिमिरेले जानकारी दिए ।
यता, महिनाथपुर नाकामा समेत नेपाल भारत ओहोर दोहोर गर्ने व्यक्तिहरुमाथि निगरानी थालिएको तथा सरसमान चेकजाँचमा कडाई गरिएको बिओपी महिनाथपुरका प्रहरी ईन्सपेक्टर गणेश पाण्डेले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…