चुनावी प्रचार प्रसारमा भारतीय नम्बर प्लेटको गाडी प्रयोग
एउटा उम्मेदवारले २ देखि ४ वटा भारतीय सवारी साधन प्रयोग गर्ने गरेको देखिएको छ । रौतहटमा प्रतिनिधिसभा र प्रदेशसभा गरी २०६ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । उम्मेदवारहरुले चुनाव चिन्ह् पाएको भोलिपल्ट देखि नै घर दैलो कार्यक्रम सुरू गरेका छन् ।

२०७९ कार्तिक १ मंगलबार, बिहान ७:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । निर्वाचन प्रचार प्रसारमा भारतीय नम्बर प्लेट भएको सवारी साधन बढी प्रयोग भइरहेको छ ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार भएका राजनीतिक दल तथा स्वतन्त्रहरुले भारतीय गाडीको प्रयोग बढी गरिरहेका छन ।
राजनीतिक दलका शीर्ष नेताहरुले बनाएको निर्वाचन आचार संहितामा चुनाव प्रचार प्रसारमा भारतीय सवारी साधन प्रयोग नगर्ने भने पनि उम्मेदवार हरुले भारतीय गाडीको प्रयोग गर्ने गरेको देखिएको छ ।
एउटा उम्मेदवारले २ देखि ४ वटा भारतीय सवारी साधन प्रयोग गर्ने गरेको देखिएको छ । रौतहटमा प्रतिनिधिसभा र प्रदेशसभा गरी २०६ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । उम्मेदवारहरुले चुनाव चिन्ह् पाएको भोलिपल्ट देखि नै घर दैलो कार्यक्रम सुरू गरेका छन् ।
रौतहटको ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले आफ्m्नो प्रचार प्रसारको निरन्तरता दिएका छन् । पार्टीको झण्डा गाडीमा लगाएर घरदैलो गर्ने गरेका छन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा।मोहमद फिरदोस आलमले डीजे बाजासहित घर दैलो गर्ने गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…