सिरहाको मिर्चैयामा चक्काजामपछि दर्जनौ राउण्ड आँश्रुग्यास प्रहार, आधा दर्जन प्रहरी घाईते
पोष्टमार्टमपछि उनको दहासंस्कार गरी १३ दिनको किरिया सकिएपछि सोही घटनाको अनुसन्धानको क्रममा मृतककी बुहारी जिबछी देवी साहलाई शुक्रबार इलाका प्रहरी कार्यालय मिर्चैया ल्याइएकको थियो । प्रहरी कार्यालयले अनुसन्धानको नाममा महिलामाथि अनैतिक तरिकाले कुटपीट गरेको आरोप छ।

२०७९ कार्तिक १ मंगलबार, बिहान ६:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयामा स्थानीयवासीले नाराजुलुससहित चक्काजाम गरेपछि दर्जनबढी जना घाईते भए ।
मिर्चैया नगरपालिका वडा नम्बर १ रामपुर बिर्ताकी ६२ वर्षीया गुबदीदेवी साह हलुवाईको हत्या अनुसन्धानका क्रममा उनकै बुहारी जिबछीदेवी साहलाई प्रहरीले नियन्त्रणमा लिई अमानवीय तरिकाले कुटपिट गरेको भन्दै विरोधस्वरूप स्थानीयले सोमबार मध्यान्हदेखि चक्काजाम गरेका थिए ।
आक्रोशित स्थानीयले दोषी प्रहरीलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय घेराउ गरी नारा लगाएका थिए ।
प्रहरीले चक्काजाम खोलाउन दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको छ। सो क्रममा करिब आधादर्जन प्रहरी पनि घाइते भएका छन् । एक जना प्रहरीको टाउको फुटेकाले उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि ओलीले बताए ।
गुबदीदेवी साह हलुईको शव १५ असोजमा कर्जन्हा नगरपालिका-११ भलुखोला छेउको उखुघारीमा भेटिएको थियो। उनको अघिल्लै दिन हत्या गरी फालिएको हुन सक्ने अनुमान छ।
अघिल्लै दिन खेत रुङ्न गएकी गुबदी नफर्केपछि भोलिपल्ट बुहारी जीबछी र गुबदीकी छोरी ललिता खोज्न जाँदा खेत नजिकै उखुबारीमा शब भेटिएको हो ।
ललिताको घर पनि प्रयागपुरमै भएकाले छोरी कै घरमा राति बस्यो होला भनेर भोलिपल्ट बिहान ललितालाई फोन गरी बुझ्दा नआएको भनेपछि खोज्न थालिएको परिवारको भनाइ छ ।
पोष्टमार्टमपछि उनको दहासंस्कार गरी १३ दिनको किरिया सकिएपछि सोही घटनाको अनुसन्धानको क्रममा मृतककी बुहारी जिबछी देवी साहलाई शुक्रबार इलाका प्रहरी कार्यालय मिर्चैया ल्याइएकको थियो । प्रहरी कार्यालयले अनुसन्धानको नाममा महिलामाथि अनैतिक तरिकाले कुटपीट गरेको आरोप छ।
जीबछीले लगेकै रातिदेखि पाइपले कुट्ने, कपाल झ्यालमा बाँधेर पैतालामा पाईपले हानेको बताएकी छिन् ।
इलाका प्रहरी कार्यालय प्रमुख डीएसपी हरि ओलीले अनुसन्धानको क्रममा ल्याएको र सोधपुछपछि आईतबार नै छोडे पनि सोमबार बिहान हुलसहित प्रहरी कार्यालय घेरा हाल्न आएको बताए ।
उनले सो क्रममा भिड नियन्त्रण गर्न केही सेल अश्रुग्यास प्रहार भएको जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…