सिडिओ अफिसमा अख्तियारको छापा, घुससहित एक कर्मचारी पक्राउ
न्यूज ब्यूरो, वीरगँज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्सामा छापा हानेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको कार्यालयबाट आएको टोलीले जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा शाखामा छापा मारेको हो । घुस माग गरेको सेवाग्राहीको गुनासोपछि आएको अख्तियारको टोलीले कम्प्

२०७९ असोज ३१ सोमबार, बेलुकी ७:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्सामा छापा हानेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको कार्यालयबाट आएको टोलीले जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा शाखामा छापा मारेको हो ।
घुस माग गरेको सेवाग्राहीको गुनासोपछि आएको अख्तियारको टोलीले कम्प्युटर अपरेटर संजय कुमार यादवलाई रंगेहात पक्राउ गरेको हो ।
सेवाग्राहीसँग माग गरेको ५ हजार घुस रकमसहित यादवलाई फेला पारेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।
उनका अनुसार अख्तियारको टोलीले अँझै मुद्दा शाखाका कागजात परीक्षण गरीरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…