जनकपुरः एमालेकी जुली महासेठको उम्मेदवारी विरुद्ध उजुरी
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि धनुषाको सबभन्दा चासोको क्षेत्र मानिएको निर्वाचन क्षेत्र नम्बर ३ मा एमाले नेतृ जुलीसहित ३१ जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । जुली एमाले र जसपाको गठबन्धनको साँझा उम्मेदवार हुन् ।

२०७९ असोज २६ बुधबार, बिहान ७:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) की नेतृ एवम् धनुषा निर्वाचन क्षेत्र नम्बर ३ की प्रतिनीधिसभा उम्मेदवार जुली महासेठ (महतो) विरुद्ध उजुरी परेको छ ।
मँगलबार निर्वाचन आयोगको तालिका र नियम बमोजिम उम्मेदवार विरुद्ध उजुरी दिने समय तोकिएकोमा दिउँसो उनी विरुद्ध उजुरी गरिएको हो ।
महासेठले मनोनयन दर्ता गर्न जाँदा निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै उनीविरुद्ध उजुरी परेको हो । निर्वाचन अधिकृतको कार्यालयले एक प्रेस विज्ञप्ति जारी गरी उनी विरुद्ध उजुरी परेको सुचना प्रकाशित गरेको छ ।
सोही क्षेत्रबाट प्रतिनीधिसभाको लागि स्वतन्त्र उम्मेदवारी दिएका मधेश प्रदेशको सिरहा जिल्ला मिर्चैैया नगरपालिका वडा नम्बर १७ बस्ने जीवन साह तेलीले जुलीविरुद्ध उजुरी दिएका हुन् ।
तेलीले मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषामा आचारसंहिता उल्लंघन गरेको भन्दै जुलीविरुद्ध उजुरी दिएका छन् ।

प्रतिनिधिसभा तर्फ सि.नं. १० मा दर्ता रहेका स्वतन्त्र उम्मेदवार जीवन साह तेलीले पेश गरेको सि.नं. ११ मा दर्ता रहेका नेकपा एमालेका उम्मेदवार जुलीकुमारी महतोविरुद्ध कारवाही गरी पाउँ भन्ने विषयक उजुरी पत्र निर्वाचन आचारसंहिता २०७९ को दफा १३ सँग सम्बन्धित देखिएको हुँदा निर्वाचन आचारसंहिता २०७९ को दफा ३० बमोजिमको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा पेश गर्ने निर्णय भएको सूचनामा उल्लेख छ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि धनुषाको सबभन्दा चासोको क्षेत्र मानिएको निर्वाचन क्षेत्र नम्बर ३ मा एमाले नेतृ जुलीसहित ३१ जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । जुली एमाले र जसपाको गठबन्धनको साँझा उम्मेदवार हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…