सिरहामा निर्वाचन आचारसंहिता उल्लंघन रोक्न माग गर्दै ज्ञापन पत्र बुझाए
न्यूज ब्यूरो, सिरहा। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता क्रममा व्यापक रूपमा आचारसंहिता उल्लंघन भएपछि त्यसलाई रोक्न सिरहा विकास मञ्चले माग गरेको छ। सिरहामा पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारी दर्ता गराउने क्रममा दल र उम्मेदवारले निर्वाचन आचारसंहित

२०७९ असोज २४ सोमबार, बेलुकी ७:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता क्रममा व्यापक रूपमा आचारसंहिता उल्लंघन भएपछि त्यसलाई रोक्न सिरहा विकास मञ्चले माग गरेको छ।
सिरहामा पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारी दर्ता गराउने क्रममा दल र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेकाले आफूहरूले आगामी दिनमा कडाइ गर्न जिम्मेवार निकायलाई खबरदारी गरेको सिरहा विकास मञ्चका संयोजक रामरिझन यादवले बताए।
प्रमुख जिल्ला अधिकारी लाल बाबु कवारी र जिल्ला आचारसंहिता अनुगमन समिति सिरहालाई आचारसंहिता पालना गराउन ज्ञापनपत्र बुझाएको र आउने दिनमा आचारसंहिता कार्यान्वयन गर्न जोड दिनुपर्ने संयोजक यादवले बताए।
निर्वाचन आयोग ऐन, २०७८ को परिच्छेद ४ को दफा १३ (१) (ण) निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने उल्लेख भएकाले अनुगमन समितिले आचारसंहिता विपरीतका वारदात रोक्नुपर्ने संयोजक यादवले बताए।
जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा दल तथा उम्मेदवारहरूले निर्वाचन आचार संहिताको धज्जी उडाउँदा पनि आयोगका पदाधिकारी, कर्मचारी तथा प्रहरी प्रशासन भने मौन बसेको आरोप लगाए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…