मधेश प्रदेशमा भोली सार्वजनिक विदा
उनका अनुसार मधेश प्रदेश सरकारले गत चैत् १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनामै पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक विदा दिने उल्लेख थियो ।

२०७९ असोज २२ शनिबार, दिउँसो ३:३१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । ८ जिल्लाको मधेश प्रदेशमा भोली (आईतबार) सार्वजनिक विदा हुने भएको छ ।
दसैँको विदा सकिए लगत्तै भोली आईतबार एक दिन सार्वजनिक विदा हुने भएको छ । मधेश सरकारले भोली दिन सार्वजनिक विदा दिने भएको हो ।
इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको गृह तथा सञ्चार मन्त्रालयगृह तथा सञ्चार मन्त्रालयका सूचना अधिकारी नाजो राम भगतले जानकारी दिए ।
उनका अनुसार मधेश प्रदेश सरकारले गत चैत् १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनामै पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक विदा दिने उल्लेख थियो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…