सिरहा : नक्कली नोटले चुरोट खरिद गर्दा एक भारतीय नागरिक पक्राऊ
न्यूज ब्यूरो, सिरहा । गत शनिबार १५ गते एक भारतीय नागरिकले नक्कली नोटले चुरोट खरिद गर्दा पक्राउ परेका छन्। जिल्ला सिरहा नरहा गाउँपालिका वडा नम्बर ५ स्थित कृपाल यादवले सञ्चालन गरेको किशोरी ट्रेडर्स किराना पसलमा मो.रेजाउल्लाहले पाइलट चुरोट १ प्याकेट खरिद गरी नेपाली रुपैयाँ रू १००० (एक हजार) को नक्कली न

२०७९ असोज १८ मंगलबार, दिउँसो २:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । गत शनिबार १५ गते एक भारतीय नागरिकले नक्कली नोटले चुरोट खरिद गर्दा पक्राउ परेका छन्।
जिल्ला सिरहा नरहा गाउँपालिका वडा नम्बर ५ स्थित कृपाल यादवले सञ्चालन गरेको किशोरी ट्रेडर्स किराना पसलमा मो.रेजाउल्लाहले पाइलट चुरोट १ प्याकेट खरिद गरी नेपाली रुपैयाँ रू १००० (एक हजार) को नक्कली नोट दिएको भन्दै पसल सञ्चालक कृपाल यादवले ईलाका प्रहरी कार्यालय नरहा सिरहामा जानकारी दिएको थियो। प्रहरीले जानकारी पाउन साथ घटना स्थलमा प्रहरी टोली खटी मो.रेजाउल्लाहलाई ईलाका प्रहरी कार्यालय नरहाले पक्राउ गरेको थियो ।
नियन्त्रणमा लिई मो.रेजाउल्लाहको शरीर रित पुर्वक तलासी गर्दा निजको साथबाट नेपाली रुपैयाँ १०००- (एक हजार) दरको नक्कली नोट ३१ एकतीस थान गरी जम्मा ३१०००-(एकतिस हजार), चाँदीको सिक्री, चाँदीको औठी, चाँदीको ब्रास्लेट र उनको भारतीय परिचय पत्र भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिए।
नरहा गाउँपालिका वडा नम्बर ५ बाट १ हजार दरको ३१ थान नक्कली नेपाली नोट सहित भारत सीतामढी भारसर चोक बस्ने २१ वर्षीय मो.रेजाउल्लाहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…