जनकपुरको राजदेवीमा आज साँझदेखि बोकाबली
राजा जनकको कुलदेवता मानिएको राजदेवी मन्दिरमा वर्षमा एक दिनमात्र महाष्टमीको राति बोकाबली हुने गरेको छ । सोमबार साँझ साढे आठ बजेदेखि बोकाबली दिइने आयोजकको तयारी छ । यस पटक पनि मन्दिर भित्र चार ठाउँमा बोकावली हुनेछन् ।

२०७९ असोज १७ सोमबार, बिहान ९:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राजदेवी मन्दिरमा सोमबार (आज) साँझदेखि बोकावली प्रदान हुने भएको छ ।
महाअष्टमीको राति यस वर्ष १४ हजारकै हाराहारीमा बोकावली प्रदान हुने अनुमान गरिएको छ ।
बोकावलीका लागि शनिबार साँझसम्म सात हजारभन्दा बढी रसिद काटिसकेको र आइतवार सो संख्या दोब्बर पुगेको हुन सक्ने महावीर युवा कमिटिका उपाध्यक्ष महेश साहले जानकारी दिए ।
उनका अनुसार रसिद गत विहीबारदेखि तीन ठाउँमा काट्ने कार्य भइरहेको छ । गुठी संस्थान जनकपुर, महावीर युवा कमिटि र राम युवा कमिटिले बोकावलीको रसिद काट्ने गरेका छन् ।
पछिल्लो समय बोकावली प्रदान गर्ने संख्या बढ्दै गएको छ । यद्यपि कोरोना महामारीको पहिलो लहरमा बोकावली हुने संख्या आधी भएको थियो ।
राजा जनकको कुलदेवता मानिएको राजदेवी मन्दिरमा वर्षमा एक दिनमात्र महाष्टमीको राति बोकाबली हुने गरेको छ । सोमबार साँझ साढे आठ बजेदेखि बोकाबली दिइने आयोजकको तयारी छ । यस पटक पनि मन्दिर भित्र चार ठाउँमा बोकावली हुनेछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…