स्थानीय सरकार मौन हुँदा जीर्ण अवस्थामा रहेको पार्क युवाहरूद्वारा सरसफाई
न्यूज ब्यूरो, सिरहा। स्थानीय सरकारको चासो नहुदाँ लामो समय देखि जीर्ण अवस्थामा रहेको नरहा गाउँपालिका वडा नं ३ स्थित नयाँ चोहर्वाको खुल्ला पार्क स्थानीय युवाहरू र समुदाय प्रहरीको साझेदारीमा सरसफाई सम्पन्न गरिएको छ। दशैँमा हिन्दु धर्मावलम्बीहरुको अराध्य देवी दुर्गाको आगमन भएको भन्दै नरहा गाउँपालिका वडा

२०७९ असोज १४ शुक्रबार, दिउँसो १२:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा। स्थानीय सरकारको चासो नहुदाँ लामो समय देखि जीर्ण अवस्थामा रहेको नरहा गाउँपालिका वडा नं ३ स्थित नयाँ चोहर्वाको खुल्ला पार्क स्थानीय युवाहरू र समुदाय प्रहरीको साझेदारीमा सरसफाई सम्पन्न गरिएको छ।
दशैँमा हिन्दु धर्मावलम्बीहरुको अराध्य देवी दुर्गाको आगमन भएको भन्दै नरहा गाउँपालिका वडा नं ३ स्थित नयाँ चोहर्वामा रहेको खुल्ला पार्क सरसफाई गरिएको छ ।
वडा दशैंको अवसर पारेर देवी दुर्गाको आगमन हुने भन्दै खुल्ला पार्क सरसफाई गरिएको हो ।

सरसफाईको लागि बिहानैदेखि स्थानीय युवाहरू, समाजसेवी, स्थानीय, विद्यार्थी, प्रहरी, सुरक्षा निकायका व्यक्तिहरूले पार्कको फोहोर सरसफाई गरेको हो ।
सरसफाईको लागि इलाका प्रहरी कार्यालय मिर्चैयाको समुदाय प्रहरी र स्थानीय युवाहरूको साझेदारीमा सर सफाई कार्यक्रम आयोजना गरिएको थियो।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…