कर्मचारीहरु घुसखोर, कमिशनखोर हुन्छन्ः मेयर यादव
शहिदनगर नगरपालिकाको कर्मचारीहरुलाई लक्षित गर्दै उनले कर्मचारीहरुलाई घुसखोर र कमिशनखोर भनेका छन् । जनप्रतिनीधि भएर पनि एक राजनीतिक दलको कार्यक्रममा समग्र कर्मचारीलाई नै घुसखोर भनेका हुन् ।

२०७९ असोज १४ शुक्रबार, बिहान ७:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादवले सरकारी कर्मचारीहरुलाई लक्षित गर्दै कर्मचारीहरु घुसखोर र कमिशन खोर हुने गरेको वक्तत्व दिएका छन् ।
धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहास्थित विहिबार आयोजना गरिएको जनता समाजवादी पार्टी (जसपा) नेपालको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सरकारी कर्मचारीहरुलाई घुसखोर र कमिशनखोरको सँज्ञा दिए ।
शहिदनगर नगरपालिकाको कर्मचारीहरुलाई लक्षित गर्दै उनले कर्मचारीहरुलाई घुसखोर र कमिशनखोर भनेका छन् । जनप्रतिनीधि भएर पनि एक राजनीतिक दलको कार्यक्रममा समग्र कर्मचारीलाई नै घुसखोर भनेका हुन् ।
नगरपालिकामा कर्मचारीहरुको पनि आफ्नै प्यानल भएको बताउँदै उनले कर्मचारीहरुलाई कमिशनखोर र घुसखोरको सँज्ञा दिएपछि केही कर्मचारीहरु दुःख र खेद समेत प्रकट गरेका छन् ।
कर्मचारी तन्त्रलाई चुनौति दिने गरी एक आध कर्मचारीहरुको रबैयालाई समग्र कर्मचारीहरुलाई नै जोडेर घुसखोर र कमिशनखोर भनिदिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…