डेंगु रोग विरुद्ध चेतना फैलाउँदै 'उज्जवल समाज कल्याण समिति'
उज्ज्वल समाज कल्याण समितिले निरन्तर स्वास्थ्य तथा शिक्षा सम्बन्धी कार्यक्रमहरु गर्दै आइरहेका छन। यस संस्थाले स्वास्थ्यमा सुधार , शिक्षामा सुधार, सरसफाइ , वातावरण संरक्षण , मानविय सहायता, सामाजिक भेदभाव, सामाजिक विकृतिविसंगती न्यूनीकरण दाइजोप्रथा अन्त्य, वालविवाह मुक्त समाज लगायतको सामाजिक कार्यहरु गर्दै आएका छन् ।

२०७९ असोज १३ बिहीबार, बिहान १०:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रकोपको रुपमा देखा परेको डेँगु रोगबाट बच्नको लागि समाजिक सँस्था उज्जवल समाज कल्याण समितिले स्थानीयहरुलाई चेतना दिएको छ ।
मधेश प्रदेशको जिल्ला सिरहास्थित विष्णुपुर गाउँपालिका वडा नम्बर ४ थल्हा कटहामा समितिले डेंगु विरुद्दको जनचेतनामूलक कार्यक्रम गरी स्थानीयहरुलाई चेतना दिएको हो ।
देशभर डेंगु रोगको प्रकोप दिन प्रतिदिन बढदै गइरहेको अवस्थामा सम्बन्धित निकायहरु नियन्त्रण गर्न पहल नदेखिएको भन्दै उज्जवल समाज कल्याण समितिले सनीयहरुको स्वास्थ्यलाई मध्यनजर गरी चेतना दिएको हो ।
बिष्णुपुर गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्ष रामबाबु यादवको नेतृत्वमा स्थानिय बुद्धिजीवी , समाजसेवी, सामाजिक अभियन्ता, युवा लगायत महिलाहरु को सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।
कार्यक्रममा सहभागी समुहले वडाको प्रत्येक टोल–टोल घर–घर मा पुगि डेंगु रोगबाट जोगिन अपनाउनु पर्ने सवधानी तथा सरसफाइप्रति प्रशिक्षण समेत दिएका थिए।
उज्ज्वल समाज कल्याण समितिले निरन्तर स्वास्थ्य तथा शिक्षा सम्बन्धी कार्यक्रमहरु गर्दै आइरहेका छन। यस संस्थाले स्वास्थ्यमा सुधार , शिक्षामा सुधार, सरसफाइ , वातावरण संरक्षण , मानविय सहायता, सामाजिक भेदभाव, सामाजिक विकृतिविसंगती न्यूनीकरण दाइजोप्रथा अन्त्य, वालविवाह मुक्त समाज लगायतको सामाजिक कार्यहरु गर्दै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…