धनुषाको खजुरी, इनरबा र महिनाथपुर नाकामा थप कडाई 

२०७९ असोज १२ बुधबार
रति ९:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको ईलाका प्रहरी कार्यालय खजुरी अन्तर्गतको नेपाल भारत सीमा क्षेत्रमा थप कडाई गरिएको छ । 

नेपालीहरुको चाड वडा दशैँ, दिपावली र छठको समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी सो क्षेत्रको खजुरी, इनरबा, महिनाथपुर नाकामा थप कडाई गरिएको हो । 

चाडपर्वको मौका छोपेर तस्करहरुले भारतबाट भन्सार छलीको समानहरु नेपालतर्फ ल्याउने गरेको गोप्य सूचनापछि ईलाका प्रहरी कार्यालय खजुरी सतर्क भएका छन् ।  

ईनरबा नाका जोडने, महिनाथपुर नाका जोडने, महुवा नाका जोडने विभिन्न सडक सँजालमा सादा पोशाकको प्रहरी परिचालन गरी सो क्षेत्रमा थप कडाई गरिएको जनाइएको छ । 

इनरबा, महिनाथपुर, महुवा नाकाको विभिन्न स्थानमा थप प्रहरी परिचालन गरी तस्करको समानहरु बरामद गर्ने क्रम बढाएको छ । 

सर्वसाधारणहरुलाई चाडवाडको बेला पर्वको समान र घरायसी प्रयोजनको केही मात्र समानको लागि सहज पारेपनि भन्सार छली गरी समान ल्याउने तस्करलाई बिशेष निगरानी बढाएको छ । 

ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी ईन्सपेक्टर निरञ्जन घिमिरेको नेतृत्वको गस्ती टोलीले समेत सो क्षेत्रमा कडाई गरेको हो । 

यद्यपी, बिओपी इनरबा, बिओपी खजुरी र बिओपी महिनाथपुरबाट सशस्त्र प्रहरीको समेत टोलीले थप निगरानी बढाएपछि भन्सार छली गरी समान ल्याउने तस्करलाई तनाव बनाएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 17%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०७९ असोज १२ बुधबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus