धनुषाको खजुरी, इनरबा र महिनाथपुर नाकामा थप कडाई
यद्यपी, बिओपी इनरबा, बिओपी खजुरी र बिओपी महिनाथपुरबाट सशस्त्र प्रहरीको समेत टोलीले थप निगरानी बढाएपछि भन्सार छली गरी समान ल्याउने तस्करलाई तनाव बनाएको हो ।

२०७९ असोज १२ बुधबार, राति ९:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको ईलाका प्रहरी कार्यालय खजुरी अन्तर्गतको नेपाल भारत सीमा क्षेत्रमा थप कडाई गरिएको छ ।
नेपालीहरुको चाड वडा दशैँ, दिपावली र छठको समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी सो क्षेत्रको खजुरी, इनरबा, महिनाथपुर नाकामा थप कडाई गरिएको हो ।
चाडपर्वको मौका छोपेर तस्करहरुले भारतबाट भन्सार छलीको समानहरु नेपालतर्फ ल्याउने गरेको गोप्य सूचनापछि ईलाका प्रहरी कार्यालय खजुरी सतर्क भएका छन् ।
ईनरबा नाका जोडने, महिनाथपुर नाका जोडने, महुवा नाका जोडने विभिन्न सडक सँजालमा सादा पोशाकको प्रहरी परिचालन गरी सो क्षेत्रमा थप कडाई गरिएको जनाइएको छ ।
इनरबा, महिनाथपुर, महुवा नाकाको विभिन्न स्थानमा थप प्रहरी परिचालन गरी तस्करको समानहरु बरामद गर्ने क्रम बढाएको छ ।
सर्वसाधारणहरुलाई चाडवाडको बेला पर्वको समान र घरायसी प्रयोजनको केही मात्र समानको लागि सहज पारेपनि भन्सार छली गरी समान ल्याउने तस्करलाई बिशेष निगरानी बढाएको छ ।
ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी ईन्सपेक्टर निरञ्जन घिमिरेको नेतृत्वको गस्ती टोलीले समेत सो क्षेत्रमा कडाई गरेको हो ।
यद्यपी, बिओपी इनरबा, बिओपी खजुरी र बिओपी महिनाथपुरबाट सशस्त्र प्रहरीको समेत टोलीले थप निगरानी बढाएपछि भन्सार छली गरी समान ल्याउने तस्करलाई तनाव बनाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…