
न्यूज ब्यूरो, जनकपुरधाम । दशैँमा हिन्दु धर्मावलम्बीहरुको अराध्य देवी दुर्गाको आगमन भएको भन्दै धनौजीमा पुरै गाउँ सरसफाई गरिएको छ ।
वडादशैंको अवसर पारेर देवी दुर्गाको आगमन हुने भन्दै पुरै गाउँ सरसफाई गरिएको हो । धनौजी गाउँपालिका वडा नम्बर २ पर्ने धनौजी गाउँ सफाई गरिएको हो ।
सरसफाईको लागि बिहानैदेखि स्थानीय जनप्रतिनीधि, समाजसेवी, स्थानीय, विद्यार्थी, प्रहरी, सुरक्षा निकायका व्यक्तिहरुले पुरै गाउँको फोहोर सरसफाई गरेको हो ।
धनौजीमा प्रत्येक वर्ष धुमधामको साथ दुर्गा पूजा र मेला लगाउने गरेको भन्दै सो अघि पुरै गाउँ सफाई गरिएको हो ।
सरसफाईको लागि बिओपी धनौजीका प्रहरी निरिक्षक मनिस कटुवाल ,प्रहरी चौकी भडरियाका असई जितु साह, वडाअध्यक्ष उदय साह , वडा सदस्य रोशन मिश्र ,अली खान , लोसपाका युवा नेता शुभश झा ,राजेश मण्डल ,सिकेन्द्र महतो, सोगार्थ भगत ,भुने मण्डल , ओम प्रकाश साह, लोसपाका युवा नेता एवम् गाउँपालिकाका प्रत्यासी गाउँपालिका अध्यक्ष जिबेन्द्र झा सहित दर्जनौको सँख्यामा स्थानीयहरुले गाउँ सफाई गरेको हो ।
मधेशमा प्रयाप्त मलखाद भएपनि प्रदेश सरकार कालाबजारीमाः पूर्व कृषिमन्त्री कुशवाहा
- २०७९ असोज ११ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका पूर्व कृषिमन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले पर्याप्त मल खाद्य भएपनि प्रदेश सरकार कालाबजारी गरिरहेको आरोप लगाएका छन् । प्रदेशसभामा बोल्दै पूर्वमन्त्री कुशवाहाले आफू मन्त्री रहेकै बेला
पूरा पढ्नुहोस्