केही बेरमै धनुषा आउँदै केपी ओली
न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली शनिबार (आज) धनुषा आउन लागेका छन् । विदेह नगरपालिका तीनकौरिया चोकस्थित जिल्ला कमिटी धनुषाले आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन उनी आउन लागेका हुन् । विहान ११ बजे पार्टी अध्यक्ष आउन लागेको जिल्ला अध्यक्ष राजकिशोर याद

२०७९ असोज ८ शनिबार, बिहान ९:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली शनिबार (आज) धनुषा आउन लागेका छन् ।
विदेह नगरपालिका तीनकौरिया चोकस्थित जिल्ला कमिटी धनुषाले आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन उनी आउन लागेका हुन् ।
विहान ११ बजे पार्टी अध्यक्ष आउन लागेको जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए । उनका अनुसार कार्यक्रमको सबै तयारी भइसकेको छ ।
जनसभामा पार्टी प्रवेश कार्यक्रम पनि राखिएको छ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य उमाशंकर अरगरियासहितका नेताहरु पार्टी प्रवेश गर्ने तयारी छ । यसअघि ओली गत भदौ २७ गते जनकपुरधाम आएका थिए ।
पछिल्लो समय ओली मधेश प्रदेशमा पार्टी मजबूत बनाउने कसरतमा लागेका छन् । मधेशमा केही दिन यता प्रभावशाली नेताहरुलाई एमाले प्रवेश पनि गराएका छन् ।
पार्टी प्रवेश र गत स्थानीय निर्वाचनको मत परिणाम अनुसार एमाले विगतभन्दा मजबूत भएको जानकारहरुको भनाइ छ । यता, नागरिकता विधेयक प्रमाणीकरण गर्न असहयोग गरेको आक्रोशमा मधेशवादी दलका नेता तथा कार्यकर्ताहरु ओलीलाई कालो झण्डा देखाएर विरोध गर्ने तयारीसमेत गरेका छन् ।
उनीहरुले ओलीलाई मधेश प्रवेशमा रोक लगाउन तथा विरोध गर्न कार्यकर्ताहरुलाई आन्तरिक रुपमा निर्देशन दिएको बताइन्छ ।
राष्ट्रपति विद्या देवी भण्डारीले ओलीकै दबाबमा नागरिकता विधेयक प्रमाणीकरण नगरेको मधेशवादी दलहरुको आरोप छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…