धनुषाका तीन प्रहरी निलम्बनमा !

२०७९ असोज ७ शुक्रबार
बिहान ०९:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न आरोपमा धनुषाका तीन प्रहरी निलम्बनमा परेका छन् । 

भदौ २३ गते मुखियापट्टी मुसहरनिया गाउँपालिका १ का १८ वर्षीय धीरज यादवलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएका थिए । 

गाउँकै सांस्कृतिक कार्यक्रममा भदौं १२ गते भएको दुई पक्षीय झडपमा मुछिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका धीरज तीन दिनपछि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएका थिए । 

त्यसपछि धीरजले परिवारसँग डरै–डरबीच आफूलाई प्रहरी हिरासतभित्र निकै यातना दिएको बताए । उनी अहिले थुना मुक्त छन् । तर प्रहरी यातनाबाट शरीरको घाउ अझै निको नभएको उनको भनाइ छ ।

 त्यो घटनाको दुई दिनपछि ट्राफिक प्रहरीका वरिष्ठ सहायक निरीक्षक राजीव तिवारीले जनकपुरधाम उपमहानगरपालिका – २ का बेचन साहलाई गाली गलौज तथा दुव्र्यवहार गरे । 

छिमेकीको विवादमा सइ तिवारीले उनलाई गाली गर्दै कुर्ता समातेर लछारपछार गरे । बेचन साहले घर निर्माणको क्रममा छिमेकी आलोक ठाकुरको शरीरमा सिमेन्ट फालेको आरोप थियो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले घटनामा अनुसन्धान भइरहेको बताए । ट्राफिक प्रहरीले यस्ता घटनामा संलग्न भएर गल्ती गरेको उनको स्वीकारोक्ति छ ।

बुधबार राति जनकपुरधाम उपमहानगरपालिका ८ स्थित प्रहरी चौकीले परिक्रमा सडकमा नियमित चेकजाँच गरिरहेको थियो । जनकपुरधाम उपमहानगरपालिका–४ का सुमित यादव मोटरसाइकलको कागजात घरमै बिर्सेका थिए । 

उनले जरिवाना तिर्नुपर्ने डरले प्रहरीलाई छलेर घरतर्फ लागेका थिए । प्रहरीलाई शंका लाग्यो । प्रहरीले रोक्न खोज्दा पनि सुमित मोटरसाइकल रोकेनन् । लगत्तै प्रहरीले उनलाई पछाडि गर्दै माछा बजारस्थित घर सम्मै पुग्यो । 

प्रहरी आक्रोशमै उनलाई घरबाट निकालेर पाइपको भाटाले कुटपिट गरेका थिए । छोरालाई बचाउन गएको आमालाई पनि प्रहरीले कुटपिट गरेको परिवारजनको आरोप छ । राति घरमा आएपछि प्रहरीहरु रक्सी खाएको जस्तो गन्हाउथ्यो । 

ठूलो ठूलो स्वरमा गाली गर्दै कुटपिट ग¥यो,’सुमितका दाई लभ यादवले भने,‘छिमेकीहरु बचाउन जाँदा पनि गाली गर्न थाले । केही समय प्रहरी र छिमेकीबीच भनाभन भएकै थियो ।’ अहिले सुमित र उनको आमा निर्मला देवीको जानकी हेल्थ केयर एण्ड रिर्सच सेन्टरमा उपचार भइरहेको छ । 

सर्जन चिकित्सक डा. शेखर अधिकारीले शरीरमा सातरआठ ठाउँमा डाम देखिएको बताए । तर भित्रि घाउ भइसकेको छैन् । अवस्था सामान्यनै छ । यी घटनामा छुटाउन जाँदा तथा मोवाइलमा भिडियो बनाउन लाग्दा दुई जना छिमेकीलाई पनि प्रहरीले समातेका थिए ।

 सो क्रममा रवि चौधरी र दीपेश झालाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिएका थिए । पक्राउ परेकाहरु माथि प्रहरीसँग झगडा गरेको आरोप छ । घटनास्थलमा पुगेको प्रहरी इन्चार्ज गयाप्रसाद यादवको मोवाइल र पर्स खोसिएको प्रहरीको आरोप छ ।

भदौ २६, २८ र असोज ४ गते धनुषामा घटेको यी तीनै घटनाको प्रकृति यातनापूर्ण छ । तीनै घटनामा प्रहरीमाथि नै आरोप छ । यी आरोप र सामाजिक सञ्जालमा देखिएको भिडियो तथा तस्वीरले प्रहरीले सर्वसधारणसँग गरिने व्यवहार प्रष्ट भएको छ ।

भदौ २६ गतेको घटनामा तीन जना प्रहरी निलम्बनमा पनि परेका छन् । यद्यपि प्रहरीले उनको नाम खुलाउन मानेका छैनन् । ‘कमाण्डरसहित दुई जवानलाई हामीले ६ महिनाको लागि निलम्बन गरेका छौं,’डिएसपी क्षेत्रीले भने,‘ बाँकी कुरा अहिले सार्वजनिक नगर्नुस् । सबै घटनाको अनुसन्धान भइरहेको छ ।

प्रहरी दोषी भए कारवाही हुन्छ ।’ तर गयाप्रसाद यादव बैष्णव रहेको र मांस मदिरासमेत नखाने हुनाले उनीमाथि सुमितको परिवारले लगाएको आरोप निराधार रहेको उनले बताए ।


From: Janakpurtoday

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषामा सन नेपाल लाईफ एन्स्योरेन्सद्धारा सरकारी स्कूललाई आर्थिक सहयोग 

  • २०७९ असोज ७ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । सन नेपाल लाइफ इन्स्योरेन्सले धनुषाको समुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।  ईन्स्योरेन्स कम्पनीले मधेश प्रदेशको मुखियापटी मुसहरनिया गाउँपालिकाको मुखियापटिट्स्थित रहेको राष्ट्रिय माविलाई ४० हजार रुपैयाँ सहयोग

पूरा पढ्नुहोस्

Bureau Menus