न्यूज ब्यूरो, जनकपुरधाम । सरकारी स्कूलमा नक्कली नियुक्ती पत्र तयार गरी शिक्षिका बनाएको आरोपमा धनुषाका तत्कालिन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
धनुषाका तत्कालिन जिशिअ उपेन्द्र
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारी स्कूलमा नक्कली नियुक्ती पत्र तयार गरी शिक्षिका बनाएको आरोपमा धनुषाका तत्कालिन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
धनुषाका तत्कालिन जिशिअ उपेन्द्र मण्डलमाथि अधिकारको दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको हो । भ्रष्टाचारको मुद्दा दायर भएपछि मण्डल पदबाट स्वतः निलम्बनमा परेका छन् ।
धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ९ स्थित श्री रामजानकी प्राथमिक विद्यालयकी शिक्षिका निलम कुमारी यादवलाई जिल्ला शिक्षा कार्यालय, धनुषाले गत मिति २०७१।०६।०७ मा श्री भानु उच्च माध्यमिक विद्यालय किसानपुरबाट श्री रामजानकी प्राथमिक विद्यालय कटरैत, धनुषाको प्रा.वि. दरबन्दीमा पदस्थापन गरेको नियुक्ति नै नक्कली ठहर भएपछि दुवै जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको हो ।
शिक्षिका यादवको नियुक्ती नै नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निलम कुमारी यादवले भानु उच्च माध्यामिक विद्यालय, किसानपुर, धनुषाको शिक्षक पदको नक्कली नियुक्ति पत्र बनाई सोही नक्कली नियुक्ति पत्रको आधारमा श्री राम जानकी प्राथमिक विद्यालय, कटरैतमा पदस्थापना भई नपाएको शिक्षकको पदको ओहदा, अधिकार, हैसियत वा सुविधा पाए भनी शिक्षक पदको ओहदा, अधिकार, हैसियत वा सुविधा प्रयोग गरेको हुँदा उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएको ठहर गरिएको हो ।
शिक्षिका निलम कुमारी यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिम कैद र जरिवाना माग गरिएको छ । साथै साविक जिल्ला शिक्षा कार्यालय, धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलले शिक्षिका निलम कुमारी यादवको श्री भानु उच्च माध्यमिक विद्यालय, किसानपुरको शिक्षक पदको नक्कली नियुक्ति पत्र बनाउने, नियुक्ति नैं नभएको र अभिलेखीकरणनै नभएकी निज निलम कुमारी यादवलाई स्थायी शिक्षकको पदस्थापना गर्ने क्रममा कनिष्ठताको आधार बनाई भानु उच्च माध्यमिक विद्यालयबाट विस्थापित गर्ने एवं लगत्तै श्री राम जानकी प्राथमिक विद्यालय, कटरैतमा पदस्थापना गरी सरकारी निकाय वा संस्थालाई हानि पुर्याउने बदनियतले निलम कुमारी यादवसँग मिलेमतो गरी नक्कली नियुक्ति, नक्कली विस्थापन तथा पदस्थापन सम्बन्धी लिखत कागजात तयार गर्ने कार्यमा तत्कालिन जिशिअ उपेन्द्र मण्डलको संलग्नता पुष्टि हुन आएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ बमोजिमको कसुर भएकोले निज उपेन्द्र मण्डललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ अनुसार कैद र जरिवाना हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।