जनकपुरः दारु खाएर प्रहरीले बिना कारण सर्वसाधारणलाई कुटे, एक अस्पताल भर्ना 

२०७९ असोज ६ बिहीबार
बेलुकी ७:४४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम। जनकपुरधाममा प्रहरीले मदिरा सेवन गरेर सर्वसाधारणलाई कुटपिट गरेको आरोप लगाइएको छ ।

प्रहरी सहायक निरीक्षक गयाप्रसाद चौधरी र प्रहरी हवल्दार धर्मेन्द्रप्रसाद साहले गस्तीमा मदिरा सेवन गरेर निर्दोष नागरिकलाई निर्घात कुटपिट गरेको आरोप लगाइएको हो ।

चौधरी र साहले बुधबार राति करिव ९ बजेको समयमा मदिरा सेवन गरी महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर–१२ थरुवाही घर भई जनकपुरधाम–४ मा बस्दै आएका १८ वर्षीय सुमितकुमार यादव र उनकी आमा ३८ वर्षीया निर्मला देवीलाई निर्घात कुटपिट गरेका छन् ।

स्थानीयका अनुसार प्रहरीको कुटाईबाट आमाछोरा गम्भीर घाइते भई जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचार गराईरहेका छन् ।

बुधबार राति सुमित आफ्ना साथीहरुसँग मोटरसाइकलमा सबार भई घरतर्फ गईरहेका बेला उनको घर नजिकै दुईजना प्रहरीले उनको मोटरसाइकल रोकी गाडीको कागजात र लाईसेन्स माग्दै हप्काएका थिए । 

सुमितसँग उनको लाईसेन्स नभएकोले मदिराको नशामा रहेका प्रहरी सहायक निरीक्षक चौधरी र हवल्दार साहले ले उनलाई निर्घात कुटपिट गरेको स्थानीयले बताए ।

छोरालाई प्रहरीले कुटपिट गरिरहेको देखेर बचाउन जाँदा प्रहरीले उनकी आमालाई समेत हेल्मेट लिएर टाउकोमा प्रहार गरि घाईते बनाएका छन् ।

अहिले आमाछोरा दुबैजनाको उपचार भईरहेको छ । घाइते सुमितलाई गम्भीर चोट लागेको उपचारमा संलग्न जानकी हेल्थ केयरका चिकित्सक डाक्टर शशिशेखर अधिकारीले बताए ।

प्रहरीले आमाछोरालाई कुटपिट मात्र नगरी सुमितलाई कुटपिट गरिरहेको भिडियो बनाईरहेका स्थानीय २५ वर्षीय रवी चौधरीलाई समेत पक्राउ गरेको छ ।

टोलका व्यक्तिहरुका अनुसार ति दुबै प्रहरी रक्सी खाएर धुत थिए ।

घटना सम्बन्धमा बुझ्न धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीलाई पटक पटक फोन गर्दासमेत उनको फोन उठेन ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 67%
  • 33%

बच्चा खेलाउँदै बाँदर

  • २०७९ असोज ६ बिहीबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus