जनमत पार्टीलाई मौका दिनुस, घर घर रोजगारीको ग्यारेन्टी दिन्छौँः डा. सिके राउत 

२०७९ असोज ६ बिहीबार
बिहान ०९:१३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । जनमत पार्टीका राष्ट्रीय अध्यक्ष डा. सीके राउतले आसन्न निर्वाचनमा लोभ लालचमा फसेर मतदान नगर्न मतदाताहरुसँग अपिल गरेका छन् ।

सिरहाको औरहीमा जनमत पार्टीद्वारा आयोजित चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले लोभ लालचमा फसेर मतदान गरिए मधेस कहिल्यै समृद्ध नहुने बताए ।

उनले चरा र सिकारी कथा सुनाउँदै भने, ‘चराले जस्तै सिकारी आउँछ र फसाएर लग्छन् बोल्ने तर आफैं फस्न जाने काम नगर्नुहोला ।’ उनले कसैले सित्तैमा केही कुरा दिन्छन् भने त्यसमा ति व्यक्तिको स्वार्थ लुकेको हुन्छ भन्ने कुरा बुझ्न सबैसँग अपिल गरे ।

अध्यक्ष राउतले अधिकार माग्दा गोली चलाउन आदेश दिने, दमन गर्ने र भ्रष्टाचारी गर्नेहरुकै लोभ लालचमा फसेर चुनावका बेला मतदान गर्दा मधेस बर्बादीको कगारमा पुगेको बताए । उनले भने, ‘जनमत पार्टीलाई तपाईहरु एक मौका दिनुस् । अनी हामी स्वराज र सामुदायिक समाजवाद कसरी ल्याउने देखाउँछौं । घर घर रोजगारी दिन्छौं ।’

उनले जनमत पार्टी मात्र ‘राइट टु रिकल’को मुद्दा बोकेको बताए । जनताको काम गर्न नसक्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउन सक्ने अधिकार जनतालाई हुनुपर्छ भन्दै त्यसका लागि जनमत पार्टी लडिरहेको अध्यक्ष राउतले बताए ।

‘कुनै पार्टीले पनि शिक्षा, स्वास्थ्य र रोजगारीका लागि आन्दोलन नगर्ने गरेका छैन’, अध्यक्ष राउतले भने, ‘तर कुनै मन्त्रीलाई हटायो भने जनतालाई काँग्रेस, कम्यूनिष्ट र जसपाले आन्दोलन गर्न लगाउँछन् । त्यसैले अब मन्त्री पदबाट कसैलाई हटाउदा होइन्, आफ्नो अधिकारको लागि आन्दोलन गर्नुस् ।’

सो क्रममा विभिन्न पार्टीमा रहँदै आएका नेता कार्यकर्ताहरुले जनमत पार्टीमा प्रवेश गरेका छन् ।

रही गाउँपालिका  वडा नम्बर ४ का भुपु वडा अध्यक्ष तथा जसपाका नेता उपेन्द्र प्रसाद यादव , कासिम खान , भोगीन्द्र यादव , नेपाली काङ्ग्रेसबाट राम अशिष यादव , माओवादी पल्टु मण्डल , मोहन यादव (महात्मा)  सहित सयौं जना जनमत पार्टीमा प्रवेश गरेका हुन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतीय ह्याकरद्धारा संघीय सँसदको वेभसाइट ह्याक, लेख्यो -'Stop Supporting China'

  • २०७९ असोज ६ बिहीबार

न्यूज ब्यरो, जनकपुरधाम ।  पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसद्को वेभसाइटमा निरन्तर ह्याकरले पहुँच पु¥याइरहेका छन् । बिहीबार

पूरा पढ्नुहोस्

Bureau Menus