खस आर्यको परिभाषा संविधानमा लेखिएको झै, मधेशीको परिभाषा किन् लिखिएन: गोविन्द छन्त्याल
न्यूज ब्यूरो ,काठमाडौँ । मधेशीको हक अधिकार यो संविधानले सुनिश्चित नगरेको र संविधान निर्माणको क्रममा सयौँ मधेशी माथि राज्यले गोली दागी हत्या गरेको भन्दै मधेशी युवाहरुले कालो संविधानको संज्ञा दिएको छ । कालो ब्यानर र टाउकोमा कालै फेटा बाँधेर माइतीघरमा संविधान दिवसको विरोधमा कालो दिन मनाएको छ । नेपालको

२०७९ असोज ३ सोमबार, राति १०:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ,काठमाडौँ । मधेशीको हक अधिकार यो संविधानले सुनिश्चित नगरेको र संविधान निर्माणको क्रममा सयौँ मधेशी माथि राज्यले गोली दागी हत्या गरेको भन्दै मधेशी युवाहरुले कालो संविधानको संज्ञा दिएको छ ।
कालो ब्यानर र टाउकोमा कालै फेटा बाँधेर माइतीघरमा संविधान दिवसको विरोधमा कालो दिन मनाएको छ । नेपालको संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ। सोमबार काठमाडौँको माइतीघरमा मधेशी युवाहरू द्वारा संविधान दिवसको दिनलाई कालो दिवसको रुपमा मनाएका हुन्।
असोज ३ गते संविधान जारी भएको खुशियालीमा देशको विभिन्न स्थानमा हर्षोल्लासका साथ दीपावली मनाउँदै गर्दा पीडित समुदायले भने संविधान दिवसलाई कालो दिवसका रुपमा मनाएको हो। अन्तरिम संविधान २०६३ ले ग्यारेन्टी गरेको अधिकार २०७२ साल असोज ३ मा जारी भएको संविधानले मधेसी समुदायको अधिकार कटौती गरेको भन्दै उनीहरूले असोज ३ गतेको दिनलाई कालो दिवस रूपमा मनाए।
आयोजना गरिएको संविधान दिवसको विरुद्धमा कालो दिनको कार्यक्रम अन्तर्गत नेपाल जनजाति महासङ्घका पूर्व उपध्यक्ष गोविन्द छन्त्यालले आफ्नो मन्तव्य राख्दै भने, "हाम्रो माग पुरा भएको छैन, यो संविधान पूर्ण लेखन हुनुपर्छ। संविधानमा लेखिएको छ, खस आर्य भन्नले बाहुन क्षेत्री र दस्लामीलाइ खस आर्य बुझिन्छ तर त्यही संविधानमा मधेशी, दलित भन्नेले के बुझिन्छ किन लेखिदिन । जब मधेशी, मुस्लिम, दलितले अधिकार माग्छन् तब भन्छन् यिनीहरु भारतीय हुन्, साम्प्रदायिक हो, यसले सामाजिक सदभाव बिछौली राखेका छन्। र अन्य ............ "
उक्त कार्यक्रममा युवाहरू ठाउँकोमा कालो पट्टी बँधेर संविधान जारी भएको दिनलाई विरोध गरेका छन्। संविधान संशोधन हुनुपर्ने र मधेशको माग पूरा गर्नुपर्ने नारा लगाउँदै उनीहरु र्याली पनि निकालेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…