जनकपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यू 

२०७९ असोज २ आइतबार
बेलुकी ५:०१ बजे
न्यूज ब्यूरो, डेस्क
साँकेतिक प्रयोजनको लागि फाईल तस्विर

न्यूज ब्यूरो,जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यू भएको छ । 

धनुषा जिल्लाको क्षीरेश्वनाथ नगरपालिका वडा नम्बर १ रमदैया भवाडीस्थित मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जनकपुरधामबाट महेन्द्रनगर जाँदै गरेको प्रदेश २–०२–००३ प ५८०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ का ३० वर्षीय माधव श्रेष्ठको मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

मृतक श्रेष्ठको शवलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मोटरसाईकल प्रहरीको नियन्त्रणमा राखिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 3%
  • 91%
  • 6%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०७९ असोज २ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus