जसपाकी अर्का नेतृ पनि एमालेमा प्रवेश
आगामी ८ गते धनुषाको तिनकोरिया चोकमा एमालेले गर्न लागेको पार्टी प्रवेश कार्यक्रममा लोसपाका प्रमुख सचेतक समेत रहेका धनुषा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनीधिसभा सदस्य उमा शँकर अरगरिया एमालेमा प्रवेश गर्ने भएको छ ।

२०७९ असोज २ आइतबार, दिउँसो ३:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालकी अर्का नेतृ पनि एमालेमा प्रवेश गरेकी छन् ।
एमाले पार्टी सचिवालयको बैठक चालिरहेको बेला जसपाकी नेतृ अमृत आग्रहरीले जसपा छाडेर एमालेमा प्रवेश गरेकी हुन् ।
नेपालको लोकतान्त्रिक आन्दोलनका नेता गजेन्द्र नारायण सिंहको प्रेरणाबाट राजनीतिमा कृयाशिल हुँदै हाल प्रतिनिधिसभा सदस्य तथा जसपाकी नेतृ अमृता आग्रहरी आजदेखि औपचारिक रुपले नेकपा एमालेमा समाहित भएकी हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट प्रतिनीधिसभा सदस्य बनेकी आग्रहरीलाई एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आईतबार दिउँसो टिकाटालो लगाएर एमालेमा प्रवेश गराएका छन् ।
एमालेको नेता योगेश भट्टराईले जसपाकी नेतृ अमृत आग्रहरी विधिवत रुपमा एमालेमा प्रवेश गरेकी समाजिक सँजालबाट फोटो राखेर औपचारिक जानकारी गराएका छन् ।
वि.सं. २०७६ सालमा अमृता आग्रहरीलाई सँसदमा उपसभामुखको लागि चर्चा भएको थियो । सो समयमा चन्दा चौधरी र अमृता आग्रहरीको नाम उपसभामुखको लागि आएको बेला चर्चामा आएको थियो ।
गत बर्ष मात्र अमृत आग्रहरीले आफ्नै पार्टीका पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि जातीय राजनीतिको आरोप लगाएर चर्चामा आएकी थिइन् ।
केहि दिन अगाडी मात्र जसपाकी नेतृ डा. रिना यादव समेत एमालेमा विलय भएकी हुन् । उनको केही दिनपछि एकपछि अर्का नेता नेतृहरु एमालेमा जाने क्रम जारी रहेको छ ।
आगामी ८ गते धनुषाको तिनकोरिया चोकमा एमालेले गर्न लागेको पार्टी प्रवेश कार्यक्रममा लोसपाका प्रमुख सचेतक समेत रहेका धनुषा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनीधिसभा सदस्य उमा शँकर अरगरिया एमालेमा प्रवेश गर्ने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…