प्रहरीको रोहबरमै खुल्लेयाम 'ढोरही चाट्दै देबरा'

२०७९ असोज २ आइतबार
बिहान ०८:०० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको विभिन्न जिल्लामा प्रतिबन्ध गरिएको महिला नर्तकी (ओरकेष्ट्रा) नाच जताततै पुनः सुरु भएको छ । 

विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयले सूचना नै जारी गरी कुनै पनि महोत्सवमा ओरकेष्ट्रा नाच नल्याउन र नचाउन उर्दी जारी गरेपनि त्यसको धज्जिया प्रहरीले नै उडाएको छ । 

केही दिन अघि मधेश प्रदेशको रौतहट जिल्लास्थित एक प्रहरी सईले अश्लिल नृत्य गरेपछि उनी निलम्बनमा परे । तर, मधेश प्रदेशको बारा जिल्लास्थित प्रहरीकै रोहबरमा अश्लिल ओरकेष्ट्रा भएको पाइएको छ । 

टिकटकमा राखिएको केही भिडियोहरुमा बारा जिल्लास्थित विश्वकर्मा पूजाको अवसरमा ल्याइएको अश्लिल ओरकेष्ट्रामा प्रहरीले रखबारी गरिरहेको देखिएको छ । 

प्रहरी परिचालन गरी खुल्लेयाम स्टेजमै अश्लिल गीत “देबरा ढोँरी चटना बा” गीतमा रमाइरहेको देखिएको छ । प्रशासनले रोक लगाएको ओरकेष्ट्रा कार्यक्रममा स्वयँम सुरक्षा निकायका प्रहरीले सुरक्षा प्रदान गर्नु लज्जास्पद रहेको छ । 

बारा जिल्लास्थितबाट ब्रिज किशोर सहनी नामक एक टिकटक प्रयोगकर्ताले राखेको एक भिडियोमा प्रहरी स्टेजमै लाठी लिएर रखबारी गरिरहेको देखिएको छ भने ब्याकग्राउण्डमा महिला नर्तकी देबरा ढोँरी चटना बा गीतमा नृत्य गरिरहेको देखिएको छ । 

बारा जिल्ला प्रशासन कार्यालयले जिल्लाभरिमा ओरकेष्ट्रा कार्यक्रमहरु नगर्न सूचना जारी गरेपनि प्रहरीकै रोहबरमा यस्ता कार्यक्रमहरु हुँदै आएको छ । 

यद्यपी, भिडियोमा देखिएको कार्यक्रम बारा जिल्लाको भएपनि कुन स्थानको हो भन्ने यकिन भएको छैनन् । 

  • 0%
  • 50%
  • 0%
  • 0%
  • 0%
  • 50%

बच्चा खेलाउँदै बाँदर

  • २०७९ असोज २ आइतबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus