
न्यूज ब्यूरो, सिरहा । प्रतिबन्ध गरिएको ओरकेष्ट्रा (केटी नाच) नचाउने क्रममा झडप हुँदा तीन जना स्थानीय घाईते भएका छन् ।
मधेश प्रदेशको सिरहा जिल्लास्थित बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ मा बिस्वकर्मा पुजाको उपलक्ष्यमा केटि (नर्तकी) नाचमा झडप भएको हो ।
नाच गानकै बिषयलाइ लिएर दुई पक्ष बिच झडप हुदा बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ बस्ने राम पुजन यादब,जितेन्द्र दास
र सत्रुधन यादब घाइते भएको प्रहरिले जनाएको छ ।
घाइते भएका उनिहरुलाइ टाउको,हात र खुट्टा मा गम्भिर चोट लागेकोले उनिहरुलाइ जिल्ला अस्पताल सिरहा पठाएको प्रहरिले जनाएको छ ।
यता,जिल्ला प्रशासन कार्यालय सिरहाले केटि (नर्तकी) अस्लिल नाच नचाउन सुचना नै जारि गरि निषेध गरेको छ ।
तर उक्त सूचनालाइ धजिया उडाएर बिष्णुपुर लगायत सिरहा जिल्लाको बिभिन्न ठाउमा अस्लिल गितमा केटि (नर्तकी) नाच भइरहेका छन ।
जनमत पार्टीका सिरहा ईन्चार्ज यादवलाई पार्टीले सोध्यो स्पष्टिकरण
- २०७९ असोज २ आइतबार
न्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको सिरहा जिल्ला कार्य समिति अध्यक्षलाई स्पष्टिकरण सोधिएको छ । सिरहा जिल्ला ईन्चार्ज विनोद कुमार यादवलाई पार्टीले शुक्रबार स्पष्टिकरण सोधेको हो ।
पूरा पढ्नुहोस्