मधेश प्रदेशकी साँसद एवम् जसपाकी नेतृ डा. रिना यादव ओलीसँग एमालेमा
तर एकता धेरै टिक्न सकेन । र महन्थ ठाकुर नेतृत्वमा नेताहरु लोकतान्त्रिक समाजवादी गठन गरे ।

२०७९ असोज १ शनिबार, बिहान १०:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल की केन्द्रीय सदस्य नेतृ डा. रिना यादव केपी ओली नेतृत्वको एमालेमा प्रवेश गरेकी छन् ।
मधेश प्रदेशको सप्तरी जिल्ला घर भएकी नेतृ डा. रिना काठमाडौं पुगेर अध्यक्ष ओलीबाट खादा ओढेर एमालेमा प्रवेश गरेकी हुन् ।
मधेस प्रदेशका पूर्व सांसद तथा एमाले नेता रामचन्द्र मण्डलको पहलमा सांसद डा. रिना एमालेमा प्रवेश गरेको बुझिएको छ ।
महन्थ ठाकुर नेतृत्वको तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) ले डा. रिनालाई समानुपातिक कोटाबाट प्रदेश सांसद बनाएको थियो ।
पछि राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमबीच एकता भयो र जनता समाजवादी पार्टी (जसपा) बन्यो ।
तर एकता धेरै टिक्न सकेन । र महन्थ ठाकुर नेतृत्वमा नेताहरु लोकतान्त्रिक समाजवादी गठन गरे ।
त्यतिबेला सांसद डा. रिना जसपा नै रोजेकी थिइन् । स्रोतका अनुसार उनलाई उपेन्द्र यादवले राज्यमन्त्री बनाउने आश्वासन दिएका थिए ।
राज्यमन्त्री बन्न नपाएपछि पार्टी नेतृत्वबाट रुष्ट बनेकी उनी अन्ततः जसपा छाडेर एमालेमा प्रवेश गरेकी छन् । उनी जसपाको केन्द्रीय सदस्य पनि थिइन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…