यी हुन रक्सी खाएर आफ्नै आमाको हत्या गर्ने युवक !
मण्डललाई राती नै पक्राउ गरी शुक्रबार अपरान्ह मात्र सार्वजनिक गरिएको हो । उनी उपर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ

२०७९ भदौ ३१ शुक्रबार, बेलुकी ६:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लास्थित रक्सी खाएर आफ्नै आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ गरी सार्वजनिक गरिएको छ ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर ५ मखनाहा बस्ने स्थानीय रामसेवक खत्वे मण्डलको छोरा बर्ष २५ को मनोज कुमार मण्डल खत्वेलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
विहिबार राती करिब १ बजेको समयमा मादक पदार्थ सेवन गरी आफ्नै आमालाई घाँटी थिचेर हत्या गरेको आरोपमा मनोजलाई प्रहरीले पक्राउ गरी साँझ सार्वजनिक गरेको हो ।
मखनाहा बस्ने रामसेवक खत्वे मण्डलको श्रीमती अन्दाजी बर्ष ४० की सिकिलिया देवी मण्डल आफ्नो घरको छतमा मृत अवस्थामा रहेको खवर पाएपछि प्रहीको टोली घटनास्थल पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट तत्काल अनुसन्धानको लागि खटिएको टोलीले अनुसन्धान गर्दा मृतकको आफ्नै छोरा वर्ष २५ को मनोज मण्डलले मादक पदार्थ सेवन गरी कुटपिट गरी ज्यान मारेको खुल्न आएको हो ।
मण्डललाई राती नै पक्राउ गरी शुक्रबार अपरान्ह मात्र सार्वजनिक गरिएको हो । उनी उपर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…