कामै नगरी भुक्तानी भएको भन्दै धनौजीका हाकिमलाई लोसपाले बुझायो ज्ञापन
यसअघिका प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी हुँदा विभिन्न योजनाहरुको भुक्तानी विना विधिपूर्वक गरिदिएको जनगुनासो आएपछि ज्ञापन पत्र बुझाएको हो ।

२०७९ भदौ २८ मंगलबार, बिहान ९:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मार्फत गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाइएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट गाउँपालिका अध्यक्षका प्रत्यासी जीवेन्द्र झाको अगुवाईमा प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो र गाउँपालिका अध्यक्षलाई मार्फत ज्ञापन पत्र बुझाइएको हो ।
आर्थिक बर्ष २०७८/०७९ को बजेटमा कामै नगरी विभिन्न योजनाहरुको भुक्तानी भएको भन्दै त्यसको छानबिनको लागि अधिकृत र गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको हो ।
युवा नेता झाको अगुवाईमा गएको एक टोलीले अधिकृत महतो र गाउँपालिका अध्यक्ष राजकुमार साहलाई ज्ञापन पत्र बुझाएको हो ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी हुँदा विभिन्न योजनाहरुको भुक्तानी विना विधिपूर्वक गरिदिएको जनगुनासो आएपछि ज्ञापन पत्र बुझाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…