जनकपुरमा धोती कुर्ता लगाएर ओलीले भने,–'एमाले मधेशीको पार्टी हो '
धनुषाको क्षेत्र नम्बर २ मा असोज २ गते भब्य पार्टी प्रवेश कार्यक्रम पुनः हुने उदघोष गरे । क्षेत्र नम्बर २ मा हजारौको संख्यामा अन्य पार्टी परित्याग नेकपा एमालेमा प्रवेश गर्ने बताए ।

२०७९ भदौ २७ सोमबार, बेलुकी ६:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धोती, कुर्ता र गम्छा लगाउँदै एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा एमाले मधेशीको पार्टी रहेको बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमाले श्रमिक, सुकुम्बासी र भुमिहिन र मधेशीहरुकै पार्टी भएको बताए ।
नेकपा एमाले पार्टी मधेशीको पार्टी हो, पहाडिया र हिमालीलगायत आम नेपालीको पार्टी भएकोले आफुहरुलाई विश्वास गर्न आग्रह गरे ।
जनकपुरधाममा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले हजारौको संख्यामा मधेशी समुदायका नेता, कार्यकताहरु पार्टीमा रहेको बताए ।
“अन्य पार्टी परित्याग गरि प्रवेश गर्दै हुनुहुन्छ, तर पनि केही पार्टी र नेताहरुको नजरमा एमाले पहाडियाको पार्टी मात्रै भएको आरोप अशोभनिय भएको छ ।”– उनले भने ।
नेकपा एमालेको अगाडी पाँच दलिय गठबन्धनले फरक पार्न नसक्ने बताए । पाँच दलिय गठबन्धनसंग लडन् एमाले एक्लै काफी रहेको बताउँदै उनले एमालेको हैसियत काग्रेसका सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष प्रचण्डलाई थाहा छ बताए ।
गठबन्धनका नेताहरुको अनुहारमा चमक हराउँदै गएको बताउँदै उनले देशभर एमालेमा प्रवेशको लहर चलेको बताए।
मंसिर ४ गते हुने निर्वाचनको तयारीमा एमालेका नेताहरुलाई खट्न आग्रह गर्दै जनताको पक्षमा र देशलाई अन्धकारमय हुनबाट बचाउन एमाले अग्रसर रहेको बताए ।
उनले नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी, जसपा, लोसपालगायतको पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गर्ने नेता कार्यकताहरुलाई राजनितिक शोषण नगर्ने बताए ।
“तपाईहरुको नेकपा एमालेमा आवागमनलाई पार्टीले सकारात्मक रुपमा लिएको र देशमा पाँच दलिय गठबन्धनलाई कडा रुपमा जवाफ दिनेछु ।”– उनले थपे ।
धनुषाको क्षेत्र नम्बर २ मा असोज २ गते भब्य पार्टी प्रवेश कार्यक्रम पुनः हुने उदघोष गरे । क्षेत्र नम्बर २ मा हजारौको संख्यामा अन्य पार्टी परित्याग नेकपा एमालेमा प्रवेश गर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…