निहारिका बलात्कार प्रकरण : डिएनए परीक्षण गर्न आरोपित उच्च अदालतमा हाजिर
न्यूज ब्यूरो, जनकपुरधाम । प्रहरीको हिरासतबाट छुटेपछि शिवराज श्रेष्ठ अदालतमा हाजिर भएका छन्। बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक हजार रुपैयाँ धरौटीमा रिहा भएलगत्तै श्रेष्ठ बिहीबार उच्च अदालत पुगेका हुन्। उच्च अदालत जनकपुरले निहारिका राजपुतको मागबमोजिम नै उनीबाट जन्म भएको बालक र आरोपित श्रेष्ठक

२०७९ भदौ २४ शुक्रबार, बिहान १०:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रहरीको हिरासतबाट छुटेपछि शिवराज श्रेष्ठ अदालतमा हाजिर भएका छन्।
बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक हजार रुपैयाँ धरौटीमा रिहा भएलगत्तै श्रेष्ठ बिहीबार उच्च अदालत पुगेका हुन्।
उच्च अदालत जनकपुरले निहारिका राजपुतको मागबमोजिम नै उनीबाट जन्म भएको बालक र आरोपित श्रेष्ठको डिएनए परीक्षणको आदेश दिएको थियो। निहारिकाको मागबमोजिम अदालतले दुवैको डिएनए परीक्षण गराउने आदेश दिएको थियो।
निहारिकाले श्रेष्ठले आफूमाथि जबर्जस्ती करणी गरी बालकको जायजन्म भएको माग गर्दै आएकी छिन् भने आरोपित श्रेष्ठले आफूहरूबीच माया–प्रेम रहेको र सोही समयमा सहमतिमै यौन सम्बन्ध भएको बताएका छन्। धनुषा जिल्ला अदालतले जबर्जस्ती करणी कसुरमा श्रेष्ठलाई सफाइ दिइसकेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…