सिरहामा आर्केष्ट्रा प्रतिबन्ध, अटेरी गरे कारवाही
न्यूज ब्यूरो, सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहाले नेपाली समाजको सामाजिक सांस्कृतिक चाडपर्वमा विकृतिको रूप लिँदै गरेको आर्केष्ट्रालगायत तडकभडक सिर्जना हुने कार्यक्रममा रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलद्वारा सूचनामा उल्लेख गरेको छ, “नेपाली समाजमा समाजिक सांस्कृतिक चाडपर्व आउने

२०७९ भदौ २३ बिहीबार, बिहान ११:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहाले नेपाली समाजको सामाजिक सांस्कृतिक चाडपर्वमा विकृतिको रूप लिँदै गरेको आर्केष्ट्रालगायत तडकभडक सिर्जना हुने कार्यक्रममा रोक लगाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलद्वारा सूचनामा उल्लेख गरेको छ, “नेपाली समाजमा समाजिक सांस्कृतिक चाडपर्व आउने क्रममा छन् । चाडपर्व मनाउने संस्कार परम्परादेखि नै चलिआएकोमा वर्तमान समयमा भड्किलो हुँदै गएको सर्वविदितै छ । यसले गर्दा शान्ति सुरक्षामा चुनौती थपिएको छ । युवामा सांस्कृतिक विचलन बढ्दो छ । उच्छृङ्खलता बढ्दै गएको छ । सांस्कृतिक मूल्यमान्यतामा ह्रास आएको छ । यी विषय गम्भीर चुनौतीको रूपमा रहेको छन् ।”
प्रशासनले चाडपर्व संयमितरूपले मनाउने वातावरणको सिर्जना गर्न, परम्परा र सांस्कृतिक जगेर्ना गर्न तथा शान्ति सुरक्षा बहाल गर्नका लागि जिल्लाभरि नै आर्केष्ट्रा लगायतका तडकभडक सिर्जना गर्ने कार्यक्रम निषेध गरिएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले सांस्कृतिक कार्यक्रमको नाम हुने अश्लिलतामा ध्यानाकर्षण न-भएको देखिएको छ। विशेष गरि सिरहा जिल्लामा वडा दशैँको समयमा हुने सांस्कृतिक कार्यक्रमको नाममा आर्केष्ट्रा शैलीको झिझिया नाच गत वर्ष देखि हुँदै आएको छ । यसमाथि पनि प्रशासनले गम्भीरता पूर्वक लिनुपर्ने भन्ने सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
अटेर गरी कार्यक्रम आयोजना गरेमा कानूनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…