बालेन्द्रको डोजर आज कोटेश्वरमा
न्यूज ब्यूरो ,काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रका अनधिृकत संरचना डोजर लगाएर हटाउन थालेको छ । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले चोक क्षेत्रमा ओभरल्यापिङ गरेर बनाइएका संरचना हटाइएको बताए । उनले भने, 'अनधिकृत संरचना बनाएर व्यवसाय गर्दै आएकाहरूका लागि खाली गराउन भनेर पटकपटक भन्दै आएका

२०७९ भदौ १९ आइतबार, बेलुकी ७:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ,काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रका अनधिृकत संरचना डोजर लगाएर हटाउन थालेको छ ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले चोक क्षेत्रमा ओभरल्यापिङ गरेर बनाइएका संरचना हटाइएको बताए । उनले भने, 'अनधिकृत संरचना बनाएर व्यवसाय गर्दै आएकाहरूका लागि खाली गराउन भनेर पटकपटक भन्दै आएका थियौं । आजदेखि ती संरचना हटाउन थालेका हौं ।'
फुटापथ मिचेर राखेको होर्डिङ बोर्ड, होटल, टहरा लगायतका संरचना डोजरको प्रयोग गरेर हटाउने काम भइरहेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।
महानगरको सूचनालाई बेवास्ता गरेपछि डोजर लगाएर अनधिकृत संरचना हटाउन आफूहरु बाध्य भएको पाण्डेले बताए । अहिले कोटेश्वर क्षेत्रमा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरिएको छ ।
काठमाडौं महानगरपालिकाले यसअघि पनि नयाँ बानेश्वर, सुनधारा, न्युरोड लगायत क्षेत्रका अनधिकृत संरचना भत्काएको छ ।यस्तै कर नतिरेका कम्पनीहरूलाई कर तिर्न महानगरका प्रमुख बालेन्द्र शाहले अल्टिमेटम समेत दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…