मोटर मर्मत गर्ने क्रममा करेन्ट लागेर ईनारभित्रै बाबुछोराको मृत्यू, टोल शोकमग्न
सुरुमा मोटर मर्मतको लागि बिजय साह आफैँ भित्र पसेका थिए । उनलाई करेन्ट लागेपछि उनको छोरा अमर पनि भित्र पस्दा उनलाई पनि करेन्ट लागेर मृत्यू भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

२०७९ भदौ १६ बिहीबार, बेलुकी ६:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित मोटर मर्मत गर्ने क्रममा बाबुछोराको मृत्यू भएको छ ।
सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर ६ स्थित विहिबार दिउँसो करिब ४ बजेको समयमा ईनारबाट पानी तान्ने मोटर मर्मतको लागि इनारभित्र पसेका बाबुछोराको करेन्ट लागेर मृत्यू भएको हो ।
स्थानीय बिजय साह र उनका छोरा अमर साह दुवै जनाको एकैपटक करेन्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पानीको हाहाकार रहेको सो गाउँमा पानी तान्नको लागि इनारमा विद्युतीय मोटर प्रयोग गरिदैँ आएको छ । मोटरसमा खराबी आएपछि बाबुछोरा ठिक गर्नको लागि इनारभित्र पसेको थियो ।
दिउँसो इनारभित्र पसेका बाबुछोराले मोटरलाई खोलेर भित्रै मर्मतको प्रयास गरेको स्थानीयहरुले जनाएका छन् । तारमा करेन्ट प्रवाह भई इनारभित्रै करेन्ट लागेर मृत्यू बताइएको छ ।
सुरुमा मोटर मर्मतको लागि बिजय साह आफैँ भित्र पसेका थिए । उनलाई करेन्ट लागेपछि उनको छोरा अमर पनि भित्र पस्दा उनलाई पनि करेन्ट लागेर मृत्यू भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
मृतक दुवै जनाको शव पोष्टमार्टमको लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…