जिल्ला न्यायाधीश अधिकारी पदबाट बर्खास्त
न्यायिक विचलन देखिएपछि मुद्दा हेर्न रोक लगाई न्यायाधीश अधिकारीलाई गत साउन ३ गते सर्वोच्च अदालतमा तानिएको थियो । यसअघि, परिषद्ले न्यायाधीश बन्ने योग्यताको कर्मी भएको भन्दै उच्च अदालतकी न्यायाधीश रेणुका शाह पदबाट बर्खास्त गरेको थियो ।

२०७९ भदौ १५ बुधबार, राति १०:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । न्याय परिषद्ले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।
न्याय परिषद्को मङ्गलबार बसेको बैठकले बाँके जिल्लामा कार्यरत न्यायाधीश अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।
न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार कार्यक्षमता र न्यायिक आचरणमा सुधार नआएको साथै न्यायिक विचलनमा परेर फैसला र आदेश गर्ने गरेको छानविन समितिको प्रतिवेदनका आधारमा बर्खास्त गरिएको होे ।
यसअघि परिषद्को बैठकले न्यायाधीश अधिकारीलाई मुद्दामा आर्थिक चलखेल गरेको, खराब आचरण र उचित कार्यक्षमताको कमी भएको उल्लेख गर्दै सुधार गर्नका लागि सचेत गराएको थियो ।
न्यायिक विचलन देखिएपछि मुद्दा हेर्न रोक लगाई न्यायाधीश अधिकारीलाई गत साउन ३ गते सर्वोच्च अदालतमा तानिएको थियो । यसअघि, परिषद्ले न्यायाधीश बन्ने योग्यताको कर्मी भएको भन्दै उच्च अदालतकी न्यायाधीश रेणुका शाह पदबाट बर्खास्त गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…