जनकपुरः पान पसलमा डाँका डालेका युवक पक्राउ
ईलाक प्रहरी कार्यालय सवैला धनुषाबाट खटिएको टोलीले मँगलबार साँझ करिब ७ बजेको समयमा प्रतिवादीहरू मध्ये जिल्ला धनुषा सवैला नगरपालिका वडा नम्बर १ बस्ने वर्ष २० को चन्दु भन्ने चन्द शेखर यादवलाई उनकै घरबाट पक्राउ गरेको हो ।

२०७९ भदौ १५ बुधबार, बेलुकी ५:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लास्थित ज्यान मार्ने उद्योग तथा डाँका मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले ज्यान मार्ने उद्योग तथा डाँका मुद्दामा फरार प्रतिवादीलाई धनुषा प्रहरीले बुधबार पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला धनुषा सवैला नगरपालिका वडा नम्बर ३ स्थित सवैला बजारमा दिलिप कुमार साहले जुता र पान पसल संचालन गरि वसेको अवस्थामा गत बर्षको असोज महिनाको २८ गते रातीमा ज्यान मार्ने गरी लुटपाट गरेको आरोपमा मुद्दा दायर भएको थियो ।
राति पसल भित्र प्रवेश गरि ज्यानै मार्ने उदेश्यले कुटपिट गरि सख्त घाईते बनाई पसल भित्र रहेको धनमाल समेत लुटी फरार रहेको ूज्यान मार्ने उधोग र डाँका मुद्दाू मा अनुसन्धानको क्रममा फरार रहेका प्रतिवादीहरुलाई खोजतलास गर्दै जाने क्रममा पक्राउ परेको हो ।
ईलाक प्रहरी कार्यालय सवैला धनुषाबाट खटिएको टोलीले मँगलबार साँझ करिब ७ बजेको समयमा प्रतिवादीहरू मध्ये जिल्ला धनुषा सवैला नगरपालिका वडा नम्बर १ बस्ने वर्ष २० को चन्दु भन्ने चन्द शेखर यादवलाई उनकै घरबाट पक्राउ गरेको हो ।
यादवलाई उनकै घरबाट फेला पारी नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि धनुषा जिल्ला अदालतमा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…