वडा कार्यालयमा वडाध्यक्षको छोराको दादागिरी, भिडियो बनाएपछि वडाध्यक्षले दिए धम्की
जनकपुरधाम उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष लक्ष्मेशवर मण्डलले भने आफु नगर प्रमुखलाई जानकारी गराएर ताल्चा लगाएको स्विकार गरेका छ्न।
२०७९ भदौ १२ आइतबार, राति ९:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक वडाध्यक्षका छोराले नै वडा कार्यालय चलाएको खुलेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष लक्ष्मेश्वर मण्डलका छोरा लालु मण्डल (अधिकारी) ले वडा कार्यालयमा दादागिरी गरेपछि एक स्थानीयले भिडियो बनाउँदा धाकधम्की दिएको अडियो बाहिरिएको छ ।
गत सोमबार दिउँसो जनकपुर उप महानगरपालिका वडा नम्बर १८ महुवामा रहेको वडा कार्यालय बन्द रहेको थाहा पाएपछि भिडियो बनाएका एक स्थानीयललाई विभिन्न धाकधम्की दिएको अडियो बाहिरिएको छ ।
भिडियो बनाएर सामाजिक संजालमा राखेपछि स्थानीय राजिप पासवान र उनका बुवा शिव पासवानलाई वडाध्यक्ष मण्डलले धम्की दिएको छ।
कार्यालय खुल्ने समयमा बन्द रहेको भिडियो बनाएको बिषयमा वडा अध्यक्षले शिक्षक शिव पासवानलाई सरुवा गराइ दिने भनी धम्कि दिएका छन।
जनकपुरधाम उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्षले खुलियाम धम्की दिएपछि उनलाई कारवाही भने भएको छैनन् ।
शिक्षकको छोरालाई फोनको माध्यमबाट तिम्रो बुवालाई दुर्गम स्थानमा सरुवा गर्छु भनेर वडा अध्यक्षले धम्कि दिएका छन्।
वडा कार्यालयमा वडाध्यक्षका छोराले जबरदस्ती तालाबन्दी गरेर राखेपछि स्थानीय राजिब कुमार पासमानले भिडियो बनाएर समाजिक सँजालमा हालेका थिए ।
वडाध्यक्ष मण्डलले त्यो भिडियो डिलेट गर्न भन्दै नगरिए तिम्रो बुवालाई यहाँबाट सरुवा गरिदिने धम्की दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष लक्ष्मेशवर मण्डलले भने आफु नगर प्रमुखलाई जानकारी गराएर ताल्चा लगाएको स्विकार गरेका छ्न।
वडा कार्यालयमा ताल्चा लागेको कारण सेवाग्राही प्रभावित बनेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मुकेश पण्डित
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…