देश कालधनौजीमा डिहबार बाबा कल्याण समिति र विदेशिएका युवाहरुले बनाइदिए अन्जुदेवीको घर
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकास्थित एक विपन्न परिवारको घर युवाहरुले मिलेर बनाईदिएको छ । धनौजी गाउँपालिका वडा नं. ४ तरही टोलस्थित बस्दै आएकी अन्जु देवीलाई स्थानीय डिहबार बाबा कल्याण समिति र वैदेशिक रोजगारीमा रहेका युवाहरुले सहयोग गरी घर बनाईदिएको हो । अन्जुलाई सोमबार एक कार्यक्रमबीच आर्थिक सहयोग समेत गरेको हो । समितिले दशैँ, दिपावली तथा छठ पर्वको शुभकाना आदान प्रदानको क्रममा समाजसेवीहरुलाई सम्मान गर्दै अन्जु देवीलाई २० हजार १ सय ५१ रुपैयाँ आर्थिक सहयोग गरेको हो । धनौजी ४ मै रहेको ज्ञान ज्योति इङलिस बोर्डिँग स्कुल धनौजीका प्रधानध्यापक दीपेन्द्र कुमार मंडलले १५ हजार
२ वर्ष अगाडि · देश काल











