नागरिकता विद्येयक पास नभए एमालेका नेता कार्यकर्तालाई भगाउँछौँ
नागरिकता नपाएर हजारौं युवाको भविष्य अन्यौलमा परेको छ यो समस्या समाधान समयमै हुनुपर्ने नेता यादवले बताए ।

२०७९ भदौ १२ आइतबार, बिहान ८:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस पार्टीका सह महामन्त्री महेन्द्र यादवले नागरिकता विधेयक पास नभए एमालेका नेता कार्यकर्ता लखेट्ने अभियान सुरु गर्ने बताएका छन् ।
शनिबार सहमहामन्त्री यादवले जनकपुरमा आयोजित पार्टीको विरोध सभामा नागरिकता विद्येयक पास गर्न एमाले पार्टीको नियत साफ नदेखिएको भन्दै लखेटने बताए।
हजारौं नेपाली जनता नागरिकता नपाएर आफ्नै देशमा अनागरिक सरह बस्नुपरेको बताउँदै दुबै सदनबाट पारित भएको नागरिकता विधेयक एमालेको प्रभावमा परी रास्ट्रपति बिध्या देवी भण्डारीले प्रमाणिकरण नगरिदिदा नागरिकता विधेयक ओझलमा परेको बताए ।
पुनः दोश्रो पटक पनि संघीय संसदबाट पास भईसकेको नागरिकता विधेयक रास्ट्रपति भण्डारीले प्रमाणिकरण नगरे एमालेका नेता कार्यकर्तालाई लखेट्ने बताए ।
सह–महामन्त्री यादवले नागरिकता विधेयक रास्ट्रपतिबाट प्रमाणिकरण नहुनुमा नेकपा एमाले दोषी रहेको बताए ।
उनले उमेर पुगेपछि नागरिकता माग्नु अपराध हो र ? भनेर प्रश्न गर्दै नागरिकताको समस्या समाधान गर्नु सबै दल एकमत हुनुपर्नेमा जोड दिए ।
नागरिकता नपाएर हजारौं युवाको भविष्य अन्यौलमा परेको छ यो समस्या समाधान समयमै हुनुपर्ने नेता यादवले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…