बालेनको 'नायकगिरी' पछि महानगरको अवैद्य संरचनामा कृतिम भुकम्प, चारैतर्फ प्रशँसा
मेयर बालेन्द्र साहको एक्सनलाई समाजिक सँजालमा बलिवुड अभिनेता अनिल कपुरको फिल्म नायक को अभिनयसँग जोडेर प्रशँसा गरिएको छ भने धेरै ठाउँमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको एक्सनसँग जोडेर प्रशँसा गरिएको छ ।

२०७९ भदौ ८ बुधबार, बेलुकी ६:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । देशको राजधानी काठमान्डौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को नायकगिरीपछि अवैद्य संरचनामा भुकम्प गएको छ ।
काठमाण्डौ महानगरपालिकाले सुन्धारामा रहेको काठमाण्डौ मलको अनाधिकृत संरचना डोजर लगाएर भत्काउन थालेपछि महानगरमा कृतिम भुकम्प गएको महसुस गरिएको छ । महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो ।
मेयर साहको उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएपछि समाजिक सँजालभरि चौतर्फी प्रशँसा मात्र भएनन, अवैद्य संरचना खडा गरेकाहरुको लागि कृतिम भुकम्पको धक्का झैँ महसुस भएको टिकाटिप्पणी भएको छ ।
नेपाल प्रहरी र महानगरपालिकाको प्रहरीको सँयुक्त टोलीले महानगरको सुन्धारा एरियामा काठमान्डौँ मलको अन्डरग्राउण्ड सँचरना भत्काउँदै अन्य अवैद्य सँरचनाहरु लगातार भत्काउने प्रतिक्रया दिएपछि अवैद्य सँरचना निर्माण गरेकाहरुको लागि कृतिम भुकम्पको धक्का महसुस भएको छ।
यसअघि गएको सोमबार महानगरले बानेश्वर क्षेत्रमा घर बनाउँदा पार्किङको लागि भनेर अहिले अन्य रूपमा प्रयोग भइरहेका संरचना भत्काएको थियो ।
मेयर बालेन्द्र साहको एक्सनलाई समाजिक सँजालमा बलिवुड अभिनेता अनिल कपुरको फिल्म नायक को अभिनयसँग जोडेर प्रशँसा गरिएको छ भने धेरै ठाउँमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको एक्सनसँग जोडेर प्रशँसा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…