नेपाल बन्दको अवज्ञा गरेको भन्दै कोटेश्वरमा बस तोडफोड
न्युज ब्युरो ,काठमाडौं । बन्दको अवज्ञा गरेको भन्दै चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा कार्यकर्ताले काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड गरेका छन् । आज बिहान ४ दलिय मोर्चाको नेपाल बन्दको क्रममा विहान साढे ६ बजे बन्दकर्ता ५ जनाको समूहमा एक्कासि आएर महानगर यातायातको बा ४ च ९३९४ नम्बरको ब

२०७९ भदौ ७ मंगलबार, बिहान ७:५४ बजे१ मिनेट पढाइ

न्युज ब्युरो ,काठमाडौं । बन्दको अवज्ञा गरेको भन्दै चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा कार्यकर्ताले काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड गरेका छन् ।
आज बिहान ४ दलिय मोर्चाको नेपाल बन्दको क्रममा विहान साढे ६ बजे बन्दकर्ता ५ जनाको समूहमा एक्कासि आएर महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेको हो ।
कोटेश्वरबाट बालकुमारी तर्फ जाँदै उक्त बसमाथि राष्ट्रिय बाणिज्य बैंक अगाडि गाडीमा ढुङ्गा प्रहार गरि सिसा फुटाएर भागेको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…