बर्दिमै स्टेजमा लौण्डासँग नाच्ने प्रहरी सई कारवाहीमा
उनको भिडियो समाजिक सँजालमा भाईरल बनेपछि उनलाई कारवाही गरिने बताइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई कारवाहीको लागि साँझ नै प्रक्रिया थालेपछि उनलाई राती नै प्रदेश प्रहरीमा झिकाइएको हो ।

२०७९ भदौ ५ आइतबार, बेलुकी ७:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । रौतहटमा नाचको स्टेजमा गएर बर्दीमै लौण्डासँग डान्स गर्ने बरिष्ठ सई कारवाहीमा परेका छन् ।
विभिन्न ठाउँमा प्रतिबन्ध गरिएको भोजपुरी अश्लिल गीत र लौण्डा डान्स, ओरकेष्ट्रामा सुरक्षा निकायकै प्रहरीले लौण्डासँग पटका–पटकी डान्स गरेको भिडियो भाईरल बनेपछि कारवाही परेका छन् ।
शनिबार अपरान्ह जिल्ला प्रहरी कार्यालय रौतहट मातहतको गढीमाई नगरपालिका वडा नम्बर ७ धर्मपुरस्थित रहेको प्रहरी चौकी ईन्चार्ज एवम् प्रहरी बरिष्ठ सई राजकिशोर साहले लवण्डा नाचमा नेपाल प्रहरीको पोशाक लगाएर खुल्लेआम पटका पटकी नृत्य गरेको भिडियो भाईरल बनेपछि प्रदेश प्रहरी कार्यालय जनकपुरधामले कारवाहीको लागि कार्यालय तानेको छ ।
मधेश प्रदेशका डिआईजी मसउद आलम खाँले उनको भिडियो सार्वजनिक भएपछि राती नै कारवाहीको लागि प्रदेश प्रहरी कार्यालय तानिएको बताएका छन् ।
न्यूज ब्यूरोसँगको कुराकानीमा डिआईजी खाँले प्रहरी जस्तो संवेदनशिल र अनुशासित सँगठनमा रहेका अनुसाशन विपरित कार्य गरेको पाईकोले उनलाई कारवाहीको लागि प्रदेश प्रहरी कार्यालय तानिएको बताए ।
शनिबार अश्लील भोजपुरी गीतमा नेपाल प्रहरी जस्तो मर्यादित प्रहरी विभागको खिल्ली उडाएपछि डिआईजी खाँले आफैँ एक्सन लिएका छन् ।
बरिष्ठ सई साहले लौण्डा नाचमा नेपाल प्रहरीको मर्यादित बर्दि लगाएरै डान्स गरेपछि उनको अनुशासनहिनताको पराकाष्ठा नाघेको टिकाटिप्पणी भएपनि उनी कारवाहीमा परेका छन् ।
कृष्णाष्टमी मेलाको अवसरमा आयोजना गरिएको लौण्डा डान्समा सुरक्षाको लागि खटाइएको ईन्चार्ज साहले आफैँ स्टेजमा चढेर अभद्र प्रकारको डान्स गरेको भिडियो भाईरल बनेको छ ।
उनको भिडियो समाजिक सँजालमा भाईरल बनेपछि उनलाई कारवाही गरिने बताइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई कारवाहीको लागि साँझ नै प्रक्रिया थालेपछि उनलाई राती नै प्रदेश प्रहरीमा झिकाइएको हो ।
डिआईजी खाँले बरिष्ठ सई साहले प्रहरीको आचरण विपरित कार्य गरेकोले उनलाई आचरण सम्बन्धी कारवाही हुने बताए । खाँले कार्यालय झिकाएर अनुसन्धान गरी आवश्यक कारवाही प्रक्रिया अगाडी बढाइएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…