जनकपुरको भू–माफिया भनिने अमर पँजीयार बालिकासहित बोर्डरमै पक्राउ
उनीहरुले ती बालिकालाई काम गराउनका लागि बाँसोपट्टीबाट आफ्नो घर लगिरहेको चाइल्डलाइन सबसेन्टर जयनगरकी सबिता देवीले बताइन् । उनले ती बालिकाले आफूलाई बँधुवा मजदुरीका लागि उनीहरुले भारततर्फ लगिरहेको कुरा जानकारी दिएको बताइन् । उनले यो मानव तस्करीको मामिला रहेको दाबी गरिन् ।

२०७९ भदौ ५ आइतबार, बिहान ६:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा चर्चामा रहँदै आएका रियल स्टेट बिजनेश एवम् भू–माफिया समेत भन्दै आएका जनकपुरका अमर पँजीयार एक बालिकासहित पक्राउ परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ बस्ने अमर पँजीयारलाई नेपालको जटही बोर्डरबाटै पक्राउ गरिएको हो । भारतीय एसएसबीले ले उनीसहित अन्य एक जनालाई पक्राउ गरेको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा नेता समेत रहेका अमर पँजीयारले भारतबाट एक बालिकालाई ल्याउँदै गर्दा बोर्डरमा पक्राउ परेका हुन् ।
उनीहरुलाई भारत–नेपाल सीमामा तैनाथ ४८ औँ बटालियन जयनगर एसएसबी बोर्डर अन्तर्गत पिपरौन क्याम्पका जवानहरुले जटही बोर्डरबाट पक्राउ गरेका हुन् ।
बा २१ च ७१२८ नम्बरको चारपांग्रे गाडीमा सवार भई ८ वर्षीया एक बालिकालाई भारतबाट नेपालतर्फ ल्याइरहेको अवस्थामा शुक्रबार राति उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
उनीहरुमाथि शंका लागेर चेकजाँच गर्दा पक्राउ गरिएको र नाबालिकलाई हरलाखी थाना प्रहरीको जिम्मा लगाइएको छ ।
उनीहरुले ती बालिकालाई काम गराउनका लागि बाँसोपट्टीबाट आफ्नो घर लगिरहेको चाइल्डलाइन सबसेन्टर जयनगरकी सबिता देवीले बताइन् ।
उनले ती बालिकाले आफूलाई बँधुवा मजदुरीका लागि उनीहरुले भारततर्फ लगिरहेको कुरा जानकारी दिएको बताइन् । उनले यो मानव तस्करीको मामिला रहेको दाबी गरिन् ।
नाबालिकलाई काम गराउनु दण्डनीय अपराध रहेकोले उनीहरुलाई सोही कानुनको अधिनमा रही पक्राउ गरिएको र थप कारबाहीका लागि भारतीय प्रहरीको नियन्त्रणमा राखिएको छ ।
उनीहरुले पीडितलाई कामको प्रलोभनमा पारेर नेपाल ल्याउन लागेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…