माइकमा करेन्ट लाग्दा एक किर्तनी मण्डलीको मृत्यु, दुई जना घाइते
यता, घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

२०७९ भदौ ४ शनिबार, बेलुकी ५:११ बजे१ मिनेट पढाइ

किस्मत सिँह, सिरहा । सिरहामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह हुँदा एक जनाको ज्यान गएको छ।
कर्जन्हा नगरपालिका वडा नम्बर २ बन्दीपुर स्थित कृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार राति करिब ९ः३० बजेको समयमा सामूदायक धर्मशालामा भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा एक जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।
मृत्यु हुनेमा सोहि नपाका ७२ वर्षीय राम अवतार राउत यादव रहेको प्रहरीले जनाएको छ। भने दुई जना गम्भीर गाइते रहेका छन् । घाइते लाइ उपचारको लागि बिराटनगर पठाएको जनाएको हो ।
यता, घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…