सिडिओ र एसपीलाई ओरकेष्ट्राबालीको चुनौती, नियम तोडेर पर्वमा अश्लिल ठुम्का
जिल्ला प्रशासन कार्यालयले नामका लागि प्रतिबन्ध लगाएको भन्दै आलोचना हुन थालेको छ ।

२०७९ भदौ ४ शनिबार, बिहान ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । स्थानीय प्रशासनले जिल्लाभरि ओरकेष्ट्रा नचाउन नपाउने गरी सूचना जारी गरेको एक दिन नबित्दै महोत्तरीको विभिन्न स्थानमा ओरकेष्ट्रा नाच गरी प्रतिबन्धको धज्जिया उडाएको छ ।
महोत्तरीमा जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्ला भरिमा लगाएको आरकेस्ट्रा प्रतिबन्धको धज्जी उडेको छ ।
गत भदौ २ गते बिहिबार मात्र जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक विज्ञप्ती जारी गर्दै जिल्ला भरीमा आरकेस्ट्रा प्रतिबन्धको प्रतिबन्ध गरिएको उल्लेख गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको २४ घण्टा नबित्दै त्यसको उलंघन गरी महोत्तरीको जलेश्वर नगरपालिका ५ स्थित रहेको माबि पर्सा पतैली विद्यालयमा आरकेस्ट्रा कार्यक्रम गरिएको छ ।
कृष्ण जन्माष्टमी पूजाको अवसरमा आरकेस्ट्रा नाच (केटी नाच) गरिएको छ। आयोजना भएको आरकेस्ट्राभन्दा केहि मात्र दुरीमा प्रहरीचोकी पनि छ । समाजमा विकृति फैलाउने अश्लील गीतमै नृत्य भइरहँदा प्रहरी मुकदर्शक बनेका छन् ।

आरकेस्ट्राले अपराधिक घटना बढाएको भन्दै महोत्तरी जिल्ला प्रशासन कार्यालयले हरेक वर्ष बिज्ञप्ती निकाले पनि यसमाथि प्रतिबन्ध लागू हुन सकेको छैनन् ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपीलाई केटीनाचले ठाडो चुनौती दिएको छ ।
प्रशासनले प्रतिबन्ध लगाएको २४ घण्टा भित्रै भइरहेको आरकेस्ट्राले सर्वसाधारणमा प्रशासनप्रतिको विश्वास डगमडोल भएको देखिएको छ ।
जिल्ला प्रशासन कार्यालयले नामका लागि प्रतिबन्ध लगाएको भन्दै आलोचना हुन थालेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…