जनकपुरमा नगर प्रहरी र व्यापारीबीच झडप, अवस्था तनावग्रस्त !
ठेला नहटाएपछि नगर प्रहरीले ठेला गाडीमा राखेपछि विवाद सुरु भएको थियो । नेपाल प्रहरीले समेत नियम कानुनभन्दा विपरित ठेला व्यापारीहरुले सडक जाम गरेको भन्दै हटाउन भनेपछि विवाद भएको थियो ।

२०७९ भदौ ३ शुक्रबार, दिउँसो २:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित फुटपाथ व्यापारी र नगरप्रहरीबीच झडप समान्य झडप भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ स्थित विहिबार दिउँसो फुटपाथ व्यापारी र जनकपुरधामका नगर प्रहरीबीच झडप भएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले जानकी मन्दिर सौन्दर्यीकरणलाई मध्यनजर गर्दै जानकी मन्दिर आसपास सडक जाम गरी गर्दै आएको फुटपाथ व्यापारीलाई सडक खाली गर्न निर्देशनसहित सूचना दिएको थियो ।
सोही सूचना पालना नभएपछि मेयर साहले सम्झौता गरी नै फुटपाथ व्यापारीलाई सडक खाली गराएको थियो । बिहिबार खाली गराईएको फुटपाथमा केही व्यापारीहरुले ठेला लगाएपछि नगर प्रहरीले ठेला हटाउन भनेका थिए ।
ठेला नहटाएपछि नगर प्रहरीले ठेला गाडीमा राखेपछि विवाद सुरु भएको थियो । नेपाल प्रहरीले समेत नियम कानुनभन्दा विपरित ठेला व्यापारीहरुले सडक जाम गरेको भन्दै हटाउन भनेपछि विवाद भएको थियो ।
फुटपाथ व्यापारीहरु नगर प्रहरीसँग भनाभन गरेपछि समान्य झडप भएको प्रहरीले जनाएको छ । सो क्रममा नगर प्रहरीमाथि जाई लाग्ने ५ जना व्यापारी समेत प्रहरीको नियन्त्रणमा रहेको छ ।
नगर प्रहरीले ठेलाबालाहरुलाई कारवाही गर्नको लागि ठेला गाडीमा राखेर जनकपुरधाम उपमहानगरपालिका लगेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…